म एक रक्तदाता - राजिब श्रेष्ठ

कविता- म एक रक्तदाता
म एक रक्तदाता
खुसी हुन्छु रगत दान गर्दा
रगत दान गर्न सबै जना
सक्षम कहाँ हुन्छ र यहाँ ?
एक व्यक्ति म स्वस्थ रहँदा
रगत दान गरी सहयोग गर्दा
कुनै बिरामीले नयाँ जीवन पाउँदा
म एक रक्तदाता संसारकै खुसी ब्यक्ति हुन्छु l
बिरामीलाई सहयोग गर्न ब्लड बैकमा पुग्दा
रगतको प्रतिक्षामा रहेका आफन्तको अनुहारमा खुसी देख्दा
म एक रक्त स्वयंसेवक
म एक नियमित रक्तदातामा
खुशीको सीमा नै रहन्न,
आनन्दको विशेष अनुभूति हुन्छ l
मानव भएर सामजिक कार्य गर्न पाएकोमा
असाध्यै गर्व लाग्छ l
रगत उपलब्ध नहुँदा
कति कठिन हुन्छ जिन्दगी ?
यो सोचेर यो बुझेर
सकिन्छ रक्तदान गरौं
सकिंदैन आफू जस्तो रक्तदातालाई
हौसला प्रेरणा र निरन्तरताको लागि अनुरोध गरौ।
सधैँ सबै एकै साथ भनौं
म रगत दान गर्छु,
म बिरामी बचाउन्छु
किनकि
म एक नियमित रक्तदाता
राजिब ( रक्तमित्र) श्रेष्ठ काठमाडौं ( नियमति रूपमा रक्तदान गरेर रक्तदाता र बिरामी बिच पुल बन्दै रहेका रक्तदाता, रक्त स्वयं सेवक राजिब श्रेष्ठको भावनालाई कवितात्मक स्वरूप दिइएको छ l ) सम्पादक
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।