'म ढुङ्गा' - सावित्री खडका

ढुङ्गाको मनमाथि हान घनले पारेर साना कण
ती साना कण दाँतमा परिकडा पीडा हजारौं दिन
मीठो गाँस उकेल्नुपर्छ विधले ढुङ्गा चपायो भने
ढुङ्गा गाँस बनेर आउँछ सधैं धर्ती सुकायो भने
ढुङ्गाको महिमा म गाउँ कसरी संसार अड्ड्याउने
ढुङ्गाकै जग हुन्छ छानु बलियो पानी छुहिन्नन् भने
ढुङ्गाको घरमा अजान भरमा
छाएर जिम्दा बस्यो
ओताएर बसे त्यही गडबडी त्यो टाउकोमा खस्यो
ढुङ्गामाथि चढेर भन्दछ अहो ! कस्तो भएँ साहसी
सक्छन् थाम्न कहाँ सबाध शिरमा सानो मट्यङ्ग्रो खसी
अग्ला भीर हिमालमाथि चुलिमा त्यो दम्भ उस्तै रह्यो
झर्नैपर्दछ फेरि आइ जगमा अग्लो कहाँ को भयो
पीडा खेप्दछ दाँतले जति मिही ढुङ्गा बनाए पनि
आँखा बीच छलेर लुक्दछ कता गल्दैन गाल्दा पनि
आगोमा जति पोल झोस मुखमा कालो हुने बाहिर
पानीभित्र डुबाइहेर असली ढुङ्गा उहीँ ती हिरा
भेटिन्थ्यो र कहाँ समा ह्रृदयले ढुङ्गा पगाल्ने कुरा
ढुङ्गाले थिचिराख सास मुटुमा कैल्यै हुदैनन् पुरा
ढुङ्गाबाट रसाउला बुँद कहाँ चट्टान आफैं कडा
खस्थ्यो आँसु खलाल्छ पत्थर कहाँ आफैं हुनेछन् बढा
- सावित्री खड्का
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।