बुबाको दाहसंस्कार गरेर घर फर्केको ट्याक्सी त्रिशुलीमा खस्दा पाँच जनाको मृत्यु
चैत,१७
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेकाे जानकारी प्राप्त भएको छ । काठमाडाैंमा बुबाको दाहसंस्कार गरी क्रिया बस्नकाे लागि घर फर्कँदै गर्दा दुर्घटनामा परेको कुरा प्रहरीले जानकारी दिएको छ l
इच्छाकामना गाउँपालिका -५, पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतक मध्ये ४ जना एकैपरिवारका हुन् । त्रिशुलीमा खसेको ट्याक्सीका चालक ज्वाइँ थिए l
घटनामा ट्याक्सी चालक ३५ वर्षका अर्जुन शिर्मल रोकाय ७० वर्षीया जुनकिरी रोकाय शिर्मलका सासू हुन् । भने अन्य दुई ४१ वर्षकी हरिमाया रोकाय र २८ वर्षकी अञ्जना जुनकिरीकी छोरी हुन् । ९ वर्षका आगमन नगरकोटी जुनकिरीकी छोरीकी छोरा हुन् । र जुनकिरीका अर्का नाती १८ वर्षका दिवस भेटिएका छैनन् l
फोटो : सामाजिक संजालबाट साभार
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...