'दलितका लागि दलित'को आयोजनमा कोहलपुरमा भव्य जागरण सभा सम्पन्न
खेमराज सुनार,काेहलपुर
दलित अधिकारका मुद्दालाई पेचिलाे बनाउन र सडकदेखि सदनकाे ध्यान केन्द्रित गर्न शनिवार काेहलपुरकाे चाैराहमा ‘दलित जागरण सभा’ सम्पन्न भएकाे छ ।
दलित एकता नभएकै कारण आफ्नै अधिकारकालागि दलित समुदाय राज्य विरुद्द आवाज उठाउन सकिरहेका छैनन् । जातकै आधारमा दलितले कथित उपल्लाे जातका नागरिकबाट निरन्तर अपहेलित हुनु परिरहेकाे वर्तमान अबस्थामा समेत दलितकाे न्यायका सवाल पेचिलाे बन्न सकेका छैनन् ।
कथित उपल्लाे जातका केटीसँग प्रेम गरेकै कारण नवराज विक जस्ता दर्जनाै दलितका छाेराले ज्यान गुमाउनु पर्ने,दलित निमुखा भएकै कारण दशकाैदेखि भाेक चलन गरेकाे जग्गाकाे पुर्जा समेत नपाउने,धारा छाेएकाे,चुलाे छाेएकाे निउँमा कुटपिट गर्ने जस्ता अन्याय विरुद्द बाेल्न दलित एकता र दलितहरूमा जागरणकै अभाव देखिएकाे छ । जसका कारण दलितका तमात मुद्दा ओझेलमा परेका छ ।
दलितकाे अधिकार प्राप्तिको आन्दाेलनकाे सुरुवातसँगै सडकदेखि सदन तताउने घाेषणा गर्दै जाँगरण सभा सम्पन्न भएकाे हाे । आगामी बैशाखकाे दाेस्राे हप्ताकाे प्रचण्ड गर्मीमा २५ देखि ३० हजारकाे संख्यामा चाैराहमा दलितकाे झारेर राज्यकाे ध्यान केन्द्रित गर्ने दलित जागरण अभियानकाे लक्ष्य छ ।
तराईमा बस्ने दलित अझै भूमिहिन रहेकाे,दलितलाई जग्गाकाे लालपुर्जा दिने नाममा निर्वाचनमा भाेट बैंक मात्र बनाएकाेले सडक आन्दाेलनबाट हिसाब माग्नु पर्ने बेला आएकाे अभियान्ता खगेन्द्र सुनारले बताए । 'दलितका लागि दलित; अभियानका केन्द्रीय संयाेजक तथा अभियान्ता सुनाले जागरण सभालाई संबाेधन गर्दै दलितका अधिकार संविधानकाे कागजमा मात्रै सीमित भएकाे भन्दै व्यवहारमा कार्यान्वयन गर्न,आफ्ना अधिकार प्राप्तिका लागि दलित आफै जुट्नु पर्ने दलित एकता हुनु उल्लेख गरे । उनले भने,’हामीले निरन्तर आन्दाेलन गरेर कानुनी रूपमा नवराजकाे मुद्दा जित्याै । त्याे सुरुवात हाे । मधेशमा मधेशी अधिरकालागि लड्दै छन् । पूर्वमा पूर्वेली लड्दैछन् । आन्दाेलन गर्दैछन् । हामी दलित किन नगर्ने ? के व्यवस्था परिवर्तनमा दलितकाे याेग्दान छैन् ? हाम्राे याेग्दान छ भने अव स्था परिवर्तन किन हुन सकेन ? याे प्रश्नकाे जवाफसँगै जग्गा प्राप्तिदेखि समानताकाे अधिकार केपी,प्रचण्ड शेरबहादुरसँग आन्दाेलन गरेरै माग्नु पर्छ ।’
दलित समुदाय आफै जागरुक नभएसम्म दलितका मुद्दा स्थापित हुन नसक्ने भएकाेले गाउँ गाउँमा जागरण सुरु गर्न दलितका लागि दलित अभियान सुरु भएकाे उनकाे भनाइ छ । विभिन्न क्षेत्रमा जात,भाषा,धर्म,सांस्कृतिका लागि लडाई आन्दाेलन भइरहेकाे अबस्थामा बाँकेमा भाेक चलन गरिरहेकाे जग्गाकाे लापुर्जा प्राप्तिको आन्दाेलन गर्नु पर्नेमा दलित अगुवाकाे माग छ । शनिवार आयाेजित जागरण सभामा बोल्दै पूर्वराजदूत डा. निर्मल विश्वकर्माले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताए । त्यस्तै दलित महिना नेतृ तथा पूर्व खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले व्यवस्था परिवर्तन भए पनि दलितहरूको अवस्था उस्तै रहेको बताइन् ।
दलितका अधिकार प्राप्तिका लागि स्वयम् दलित समुदाय एकजुट हुनु पर्नेमा जाेड दिएका छन् । दलित जाँगरण सभा दलितका लागि दलित अभियान बाँके जिल्ला संयोजक प्रेम बहादुर बैगारको अध्यक्षतामा जिल्लाभरीका करिब २ हजारबढी दलितहरूको सहभागितामा सम्पन्न भएकाे छ ।
फोटो र समाचार स्रोत : खेमराज सुनार
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...