मेलम्चीको पानी आखिर कसले ल्यायो ? डा. बिष्णु जोशी
मेलम्चीको पानी आखिर कसले ल्यायो ?
मेलम्ची पानी ढिलो आयो कडा आयो !
थोपाथोपा कुर्दै गर्दा बल्ल पुरै घडा आयो
अब त आएकै हो भन्ने आशा पलायो
तर प्रश्न यो छ आखिर कसले ल्यायो ?
? ? ?
हिजोले ल्यायो , आजले ल्यायो कि भोलिले ?
किसुनजीले, प्रचण्डले ल्याए कि केपी ओलीले ?
या विदेशी दाता, ठेकदारले, डकर्मीले,
इन्जिनियर या त्यो हरेक लगानीकर्ता जसले किन्यो शेयर ?
? ? ?
लाज लाग्नु पर्छ आज मेरा दलका नेताले ल्याए भन्न !
३ वर्षको काम ३ दशक लाग्यो कसरी भुल्यौ गन्न ?
सबैभन्दा ढिलो भएको परियोजनामा खै के गरूँ गर्व ?
५ अर्बको सुरुवाती लागत, आखिर लाग्यो ५० अर्ब !
! ! !
नगरौँ "हाम्रा" नेताले गरेर आयो भन्ने झुटो दम्भ,
सोधौँ आखिर किन भो काममा यस्तो विधि विलम्ब ?
लेख आ-आफ्नै मिडियामा, आफ्नै पत्रकारबाट, आफ्नै झुटो कहानी
३० वर्षमा आउँछ परियोजनाको पानी ! भविष्यमा को गर्ला लगानी ?
! ? ! ? ! ?
डा. बिष्णु जोशी
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्