कांग्रेसमा विवाद, हिमाल कार्कीको राजिनामा एमाले र कांग्रेसका शेखर समूहको कोसीमा गठजोड
विराटनगर, असोज, २५
नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।
उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।
एमालेसँग मिलेर शेखर समूहका केदार कार्कीले ८ कांग्रेस सांसदको हस्ताक्षरसहित केदार कार्कीले दाबी पेश गरेपछि कोसी कांग्रेसमा विवाद बढेको छ ।
पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेसका ८ प्रदेशसभा उभिएका छन् । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...