रास्वपा र विवेकशील साझाको एकता सुनिश्चित,आइतबार एकता घोषणासभा
काठमाडौं,१० मंसिर:विवेकशील साझा पार्टीले रास्वपासँग एकता गर्ने निर्णय गरेको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचमा हुने एकीकरणको घोषणा आइतबार हुने भएको छ । दुई दलको एकतामा सहमति भएसँगै विवेकशील साझा पार्टीले एकीकरण गर्ने निर्णय सार्वजनिक गरेको हो । घोषणा आईतवार राष्ट्रिय सभा गृहमा हुने भएको छ ।
विवेकशील साझा पार्टीले एक प्रेस विज्ञाप्ति जारी गर्दै आफ्नो निर्णय सार्वजनिक गरेको हो l विवेकशील साझा पार्टी २०८२/०८/१०मा जारी विज्ञाप्ति :
वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले निकट मित्र शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ। पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको 'बृहत्तर ध्रुबिकरण/ एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो। 'वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन 'जेनजी विद्रोह'ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देस दिन्छ', संयोजक एवं उपाध्यक्ष परियारको टिप्पणी छ। पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याईने छ। आगामी आईतवार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ। वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको हो।
आशुतोष प्रधान प्रवक्ता विवेकशील साझा पार्टी २०८२/०८/१०
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले पत्रकारहरूसँग कुराकानी गर्दै आफू आगामी निर्वाचनमा चुनाव ...