शिक्षकहरूद्वारा सडकमा सुतेर विरोध प्रदर्शन
काठमाडौँ, असोज. ८
राहत शिक्षकहरूले आज (सोमबार) सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट बानेश्वर पुगेर सडकमै लम्पसार सुतेका हुन् ।
राज्यले आफूहरूलाई लाशजस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएको बताए । गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।
उक्त सम्झौतामा आफूहरूको माग सम्बोधन नगरिएको र आफूहरूलाई धोका भएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । एक हप्ता देखि शिक्षकहरू आन्दोलनमा छन् भने माग पूरा भएको भन्दै केही आफ्नो कार्यक्षेत्र फर्केका छन् l
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l