राहत शिक्षकहरूले सडक छोड्न मानेनन्
काठमाडौं, असोज, ७
राहत शिक्षकहरूले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आइतबार पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । गत शुक्रबार भएको सरकार र शिक्षक महासंघको सम्झौताले
४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरूको माग नसमेटिएको कारण आफूहरूसँग आन्दोलनमा रहेको आन्दोलन जारी राखेका शिक्षकहरूको भनाइ छ l
राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूरूको माग पूरा नहुँदासम्म सडक नछोड्ने स्कुल नजाने र आन्दोलन जारी राख्ने बताएका छन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको,धोका दिएको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l