पूर्वराजाको भक्तपुर तलेजुमा भव्य स्वागत
काठमाडौं , असोज,७
पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् ।
आईतवार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् l
भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरका स्थानीयले भव्य स्वागत गरेका थिए ।
स्थानीयले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान गरेका थिए ।अन्यत्र झैं भक्तपुरमा पनि पूर्वराजाको उपस्थितिमा ठुलो भिड लागेको थियो l प्रदर्शन र स्वागतमा राष्ट्रिय झण्डा लिएका नरनारीहरूको बाक्लो उपस्थिति छ l
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उत्साहित हुँदै लेखेका छन् :
अब मलाई गाली गरेरै बस्नोस्! तर वास्तविकता त देशभरी यही हो। गणतन्त्रवादी नेमकिपाको दशकौँदेखिको बलियो पकड भएको भक्तपुर उर्लियो। त्यसैले भक्तपुरको आजको राजा ज्ञानेन्द्रको यात्रा अत्यन्तै अर्थपूर्ण छ। अब पाटन र काठमाडौं उर्लिएपछि 'प्रचण्ड पथगामी'हरूले नेपाल र यो क्षेत्रकै दिर्घकालीन शान्ति, स्थिरता, तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय स्वाभिमानका लागि राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी लाई रोक्न सक्ने छैनन्।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।