टासी ल्हाजोमविवादले उजागर गरेको नेपालमा नस्लीय र जातीय पूर्वाग्रह घाम झैँ छर्लङ्ग-दलमर्दन कामी
हाल मन्त्री बन्ने चर्चा रहेकी टासी ल्हाजोममाथि नागरिकता र “फ्री तिब्बत” अभियानमा संलग्नता आरोप लगाउँदै भइरहेको विवादले नेपालको सामाजिक, धार्मिक ,राजनीतिक संस्कृतिमा जकडिएर रहेको नस्लीय र जातीय पूर्वाग्रहको चित्रण पुर्ण र पुनः छर्लङ्ग गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि टासीबारे थप छलफल हुने बताउनु सकारात्मक संकेत हो, तर यो विवादले देखाएको समस्या अझ संवेदनशील छ ,कहिलेसम्म नेपालमा आदिवासी जनजातिले यस्तो आरोप खेप्नुपर्ने ?
दलितले अधिकार माग्दा “इसाई दलाल”को आरोप,
मधेसीले समानता बोल्दा “भारतीय एजेन्ट”को आरोप ,
नेपालमा आदिवासी जनजातिले पहिचान समान अस्तित्व र अधिकारकोकुरा गर्दा फ्री तिब्बत” तिब्बत विरोधी गतिविधि विदेशी एजेन्ड यो भनाइ पुस्तौंदेखि खेपिरहेका छन र यस्तै रहे खेपिरहनु पर्छ ।
लोकतान्त्रिक मूल्य मान्यतामा रहेको नेपालमा अझै नस्लीय र जातीय रोग जिउँदै छ l अनुहार, भाषा र भूगोल हेरेर मानिसको मूल्याङ्कन गर्ने सत्ताको संरचनामा गहिरो प्रभाव छ l परम्परा पूर्वाग्रहपूर्ण छ l यो नस्लीय जातीय हिन्दुअतिवादीधार्मिक अहंकार हो ।
आदिवासी, मधेसी, दलित वा पहाडी सबै समुदायलाई समान अधिकार र सम्मान दिन नसक्नेव्यवहार गर्ने नसक्ने रोगले गर्दा विकासको गति र हाम्रो लोकतन्त्रको आत्मालाई नै कमजोर बनाइरहेको छ । नश्लीय अहंकार र जातीय घमण्डले लोकतन्त्र मर्म र भावनाविरुद्ध हो ।
जेनजी आन्दोलनको माग मुद्दा र आवश्यकता अतिजातिवादी सोच चिन्तन र व्यवहारमा परिवर्तन समानताको आवाजलाई न्यायसंगत रूपमा सुनाइ गर्ने र सबै नागरिकको आस्था अस्तित्व र अधिकारको आत्मसम्मान सुनिश्चित गर्ने कुरामा परिवर्तन र सकारात्मक कार्यको थालनी गरौं, समानता समृद्धिको कदम जारी राख्यौं लोकतन्त्रलाई बोलीमा हैन व्यवहारिक बनाउन जरुरी छ l यति गर्दा अहिलेसम्मको राजनीति परिवर्तन र जेनजी आन्दोलनले सार्थकता पाउनेछ ।
यति गर्ने हिम्मत गर्ने हो सबैले भने नस्लीय घमण्ड र जातीय भेदभावपूर्ण राजनीतिक संस्कृतिको अन्त्य गर्न गरेर प्रत्येक नागरिक चाहे टासी ल्हाजोम होस् वा अन्य कामी, दमाई, चमार हुन या राई लिम्बु यादव धिमाल थारु हुन सबैको आत्मसम्मान, पहिचान र अधिकारको सम्मान हुनेछ र देश समृद्धिको दिशा अगाडि बढनेछ । यसले हजारौं टासी ल्हाजोमहरूका आत्मासम्मानमाथि निरन्तर दोहोरीरहने यस्तो अन्यायको पनि अन्त्य हुनेछ ।
नत्र यस्तै र त्यस्तै खास गरि आदिवासी जनजाति समुदायले गरेको आन्दोलन वा अधिकारका आवाजलाई परम्परागत सत्ता र नस्लीय–जातीय वर्चस्ववादी वृत्तहरुले पटकपटक लगाउने आरोप (जस्तै शेर्पा, तामाङ, भोटिया, गुरुङ )आदिले आफ्नो अधिकारको कुरा वा आन्दोलन गर्दा “फ्री तिब्बतको एजेन्डा चलाउने”, “चीनविरोधी” वा “विदेशी दलाल आरोप लाग्दै आएको छ लागि रहनेछ । र यस्ता संघीयता, स्वशासन, र जातीय पहिचानका आधारमा समान अधिकारको आन्दोलनमा सहभागी आदिवासीजनजाति आन्दोलनलाई
“राष्ट्र विभाजन गर्ने षड्यन्त्र” भनेर प्रचार गरिन्छ । विदेशी पैसामा बिकेको” वा “धर्म परिवर्तनको एजेन्ट” भनेर गलत आरोप लगाउँछ । पहिचान र अधिकारको समान अवसर र समावेशी नीतिको कुरा गर्दा “विकासको अवरोध” र “राजनीतिक अस्थिरता”को दोष लगाउछन र शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक वा विध्वंशकारी अर्थाएर राज्यले दमन गर्छ्न । हामी सबैले बुझ्नुपर्ने कुरा भनेको यी सबै आरोपहरू कुनै सत्य र तथ्यमा होइनन , नस्लीय पूर्वाग्रह र पहाडीय–केन्द्रित राज्यसत्ताको आत्मरक्षाका लागि आधारहिन आरोप हुन ।
आदिवासी जनजातिको मधेसी,शिल्पी/दलितको आन्दोलन राष्ट्र टुक्र्याउने होइन र कदापि हुनसक्दैनन , आस्था अस्तित्व र अधिकारको समान पहिचानको स्थापना गर्ने आन्दोलनहरू हुन्छ्न ।
नेपालमा नस्लीय चिन्तन र व्यबहार बाट अझै पनि सकारात्मक हुनसकेका छैनन् त्यसको प्रभावबाट मौलाएको नस्लीय सोच र विभेदपूर्ण दृष्टिकोण फेरि जेनजी आन्दोलन पश्चात् थप चर्चामा आएको छ।
जेनजी आन्दोलनबाट बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारले हुम्लाकी एक युवा जलवायु अभियन्ता टासी ल्हाजोममाथि “टिब्बती एजेन्ट” भएको आरोप लगाइएपछि समाजमा यसबारे व्यापक चर्चा परिचर्चा क्रिया प्रतिक्रिया व्यापक देखिएको छ । खास यो चर्चको विषयको उठान अर्थात टाशीमाथि यस्तो हल्ला राप्रपाका नेता ज्ञानबहादुर शाहीले फैलाएको आरोप भन्ने प्रष्ट हुदै छ उनी नेपालको पश्चगामीका रूपमा चिनिएको पार्टीको संसद पनि थिए जसको पद च्युत सशक्त जेनजी आन्दोलनको बलबाट संसद खारेज गरेरको थियो ।
यसरी टासी विरुद्ध शाहीले कुनै प्रमाणबिना विदेशी एजेन्ट भन्दै सामाजिक सञ्जालमा प्रचार गरेपछि एकाएक व्यापक हल्ला भएको हो तर, सत्यतथ्य विपरीत उनले बनाएको यो कथा पूर्ण मिथ्या भएको प्रष्ट देखिएको छ तर पनि हल्लाको बहसले सामाजिक साम्प्रदायिक चर्चा बनेको छ । खास टाशी ल्हाजोम नेपालको अत्यन्तै विकट हुम्लाको नाम्खा गाउँपालिका–लिमी हाल्जी गाउँमा जन्मिएकी नेपाली नागरिक हुन्। उनी यदाकदा अमेरिकी दूतावासको युवा परिषद् सदस्य रहेको समेत हल्ला छ जुन विषय यदी होभने पनि जो राजनीतिक होइन, नेतृत्व विकासको उपलब्धि हो।
जहाँसम्म उनले दिल्ली विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा अध्ययन गरेकी टासीले नेपालका हिमाली क्षेत्र र जलवायु संकटबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएको कुरा सबैलाई जानकार छ र उनी हिमालकी सन्तानका रूपमा आफ्नो समुदाय र संस्कृतिको पहिचानको रक्षा गर्न सक्रिय पनि रहेको पाइयो यो अत्यन्तै सकारात्मक कुरा हो ।
हामी स्वतन्त्र नागरिक र चिन्तकको हिसाबले विश्लेषण गर्दा टासीमाथिको हल्लालाई सयौं बर्षदेखि चलाइरहेको “नस्लीय चिन्तन र पहाडे अहंकारको नमूना” भन्दा अर्को केही हुनसक्दैन । यथास्थितिवादी नस्लवादी र एकाधिकारवादी उनीहरूका चिन्तन भनेको रङ, बोली ,भाषा भेषभुसा ,बनाक र भौगोलिक पहिचानका आधारमा नेपालीलाई नै विदेशी ठहराउने मानसिकताको पराकाष्ठा बाट अभिप्रेरित छ्न जसको कारण टासी ल्हाजोमले मन्त्रीमा नाम प्रस्ताव हुनसाथ चर्चामा आइन् ।
हामी हाम्रो समाजमा नाक थेप्चो भए टिब्बती,वा मंगोलियन ,रङ कालो भए विहारी ,भारती अर्थात अनागरिक देख्ने र मान्छेको पहिचान अनुहारको आकार र छालाको रंगबाट मापन गर्ने प्रवृत्तिनै गतिरोध नस्लीय दृष्टि हो जसले हाम्रो समाज र राष्ट्रको सबभन्दा ठूलो रोग बनेको छ ।
अहंकार,एकाधिकारवादी चरित्र जस्ता अन्धकारले देशलाई सधैं ढाक्न सक्दैन । समाज समुदाय र राष्ट्रमा यस्ता निराशाको रातपछि नयाँ बिहानी अवश्य आउँछ।समानता बिकाश र समृद्धिको बिहानी ल्याउने शक्ति भनेको असल, ईमानदार र विश्वासमा अडिएको नेतृत्वको हो ।
टासी ल्हाजोमविवादले उजागर गरेको नेपालमा नस्लीय र जातीय पूर्वाग्रह जेनजी पुस्तामा समेत घाम झैँ छर्लङ्ग पारेको छ। यी सबै विषयमा संवेधनशील हुँदै हामी संयुक्त नागरिक पार्टी विश्वास "विश्वास, आशा र प्रेम"मा आधारित असल नेतृत्व अभ्यास गर्दै विभेद मुक्त समतामूलक समाज बिकास र समृद्धि युक्त राष्ट्र निर्माणकार्य हुनेछ र समृद्धिको बिहानी सुरुवात गर्ने अठोट रहेको लिएका छौ । जसरी रात पछि, बिहानी, बिहानी पछि, दिन !
“रात परेपछि बिहानी हुन्छ, असल नेतृत्वले समृद्धि ल्याउँछ।”
स्मरणीय: लेखक दलमर्दन कामी, संयुक्त नागरिक पार्टीका अध्यक्ष हुन् l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'