'भीम-माया स्मृति पुरस्कार-२०८२'बाट समाजसेवी आशिका तामाङ सम्मानित
काठमाडौँ,२३ असोज: 'भीम-माया स्मृति पुरस्कार-२०८२'बाट समाजसेवी आशिका तामाङ सम्मानित भएकी छन् l 'जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई आधारभूत सहयोग पुर्याउदै आउनु भएकी समाजसेवी श्री आशिका तामाङज्यूलाई उहाँको महत्वपूर्ण योगदानको सम्मान गर्दै सोही प्रयोजनका लागि रू ५०,०००/- (पचास हजार) नगद सहित सम्मानपत्र समर्पण गरिएको छ ।' पूर्व सचिव डा.मानबहादुर विकेले उल्लेख गर्नु भएको छ l
२०६२ सालमा स्थापित यो पुरस्कार गत साल जाजरकोटमा गएको भूकम्प पीडितलाई राहत दिनका लागि प्रयोग गरिएको थियो । रु १०,०००/- बाट सुरु गरिएको पुरस्कारको राशी बढाउदै २०७५ सालदेखि रु ५०,०००/- पुर्याइएको छ । आफ्ना स्वर्गीय बुबाआमाको नाममा उक्त पुरस्कार पूर्व सचिव डा.मान विकेले स्थापना गर्नु भएको हो l समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति र संस्थाहरू, संकटमा परेका व्यक्तिहरू र प्रकोपमा परेकालाई राहत जस्ता काममा पुरस्कार उपलब्ध गराइदै आइएको छ l
डा. मान वीके भन्नु हुन्छ : 'असौज २३ गते Gen Z पुस्ताले गरेको आन्दोलन महिना दिन पुग्यो । यो अवधिमा जेनजी घाइतेहरूलाई आवश्यक सहयोग गर्ने काम पनि भयो l आज बाआमाको नाममा स्थापित 'भीम-माया स्मृति पुरस्कार-२०८२' अभियन्ता समाजसेवी आशिका तामाङज्यूलाई समर्पण गर्न पाउँदा खुशी लागेको छ l
स्मरणीय : फोटोहरू डा. मान विकेले उपलब्ध गराउनु भएको हो l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...