क्विट रास्वपा भन्दै सुमनाले यस्तो लेखिन् ?
काठमाडौँ, २९ भाद्र :राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य, पूर्व शिक्षामन्त्री र रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले रास्वपा त्यागेको घोषणा आफ्नो सचिवालयको फेसबुक पेजमार्फत गरेकी छन् l सुमना श्रेष्ठले कांग्रेस एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् भन्दै लेखेकी छन् l रवि लामिछानेले जेल जानु अघि गरेको फेसबुक लाइभमा पार्टी छोड्न मन हुनेलाई छोडेर जान भनेका थिए l
उनले आफ्नो सचिवालयको फेस बुक पेजमा राखेको रास्वपा क्विट गरेको स्टाटस जस्ताको त्यस्तै :
कहिल्यै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस्
स्मरणीय : सुमना श्रेष्ठको फोटो उनको फेसबुक पेजबाट साभार गरिएको हो l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...