चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शवका कंकाल फेला
काठमाडौं, २९ भदौ: भदौ २३ मा जेन-जीको तर्फबाट भएको आन्दोलनको दोस्रो दिन भएको आगजनीमा चुच्चेपाटीको भाटभटेनी पनि परेको थियो l चुचेपाटी स्थित उक्त भाटभटेनी सुपर मार्केटमा ६ वटा जलेको मानव कंकाल फेला परेको छ l
जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरीले पुष्टि गरेका छन् l ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । आजसम्म उक्त आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ५८ पुगेको छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...