प्रजिअ सीता परियारलाई नेपाल दलित मुक्तिमोर्चाद्वारा रुकुम पूर्वमा स्वागत
रुकुम - रुकुम (पूर्व) मा प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भइ आउनु भएकी सीता परियारलाई नेपाल दलित मुक्तिमोर्चा रुकुम (पूर्व) ले उहाँकै कार्यकक्षमा गइ स्वागत अभिनन्दन गरेको छ ।
ने क पा (माओवादी केन्द्र ) का लुम्बिनी प्रदेश सचिवालय सदस्य उपेन्द्रलाल कामी, दलित मुक्तिमोर्चा रुकुमका अध्यक्ष हर्कवीर कामी, अखिल (क्रान्तिकारी) रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइली, राष्ट्रिय दलित पत्रकार संघ रुकुम (पुर्व) का अध्यक्ष निराजन सिर्पाली, नेपाल पत्रकार महासंघ रुकुम (पूर्व) का उपाध्यक्ष बालाराम सिर्पाली लगायतका दलित अधिकारकर्मीहरूले स्वागत गरेर जिल्लाको वस्तुगत अवस्था र दलित समुदायले भोग्नुपरेका समस्याहरू को बारेमा जानकारी गराइएका थिए ।
सबैसँग सहकार्य तथा समन्वय गरेर जिल्लाको शान्तिसुरक्षा कायम गर्न र विकासको यात्रामा गति दिन आफूले भरपूर रूपमा आफ्नो क्षमतालाई प्रयोग गर्ने प्रतिबद्धता प्र.जि. अ सीता परियारले गर्नुभएको छ ।
स्मरणीय: फोटो स्रोत चन्द्र रसाइली l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...