बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो-प्रधानमन्त्री ओली
काठमाडौँ-भदौ ७ - प्रधानमन्त्री केपी शर्मा ओलीले कुशे औंसीको शुभकामाना व्यक्त गर्दै बुबालाई ढोग गरेर आशिर्वाद लिएको फोटो फेसबुकमा राखेका छन् l
उनले लेखेका छन्: 'म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो ।
प्रधानमन्त्री ओलीको फेसबुक स्टाटस जस्ताको त्यस्तै :
म ४ वर्षको हुँदा आमा बित्नु भयो । उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ । आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो ।
बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो । बुबा ९६ वर्षको हुनुभयो। कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ । बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ । सबैका जीवित पिताहरूलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा। बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना !
स्मरणीय : फोटो केपी शर्मा ओलीको फेसबुक पेजबाट साभार गरिएको हो l
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।