धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
रासस-भोजपुर, ५ मङ्सिरः यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ । स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् ।
सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ ।
शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण, हनुमान् मन्दिरछन् भने आसपासका क्षेत्रमा सिद्ध एवं नारायण गुफा छन् । यी स्थानको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...