मेरो अधिकार सुनिश्चित छ र म ढुक्क छु-प्रतीक्षा नेपाली

" मेरो अधिकार सुनिश्चित छ र म ढुक्क छु "
के तिमी मेरो शान्त मन खोस्न सक्छौ ?
जुन कैंयौं आलोचनामा पनि शान्त बन्न सक्छ ।
के तिमी मेरो कोमल हृदय बदल्न सक्छौ ?
जुन जलेको वनमा कोमल मुना मौलाए जस्तै छ ।
के तिमी मेरो धैर्य खोस्न सक्छौ ?
जसले लाखौं काँडाका बिच नै जिउने आशा राख्दछ ।
के तिमी मेरो प्रेम खोस्न सक्छौ ?
जुन स्वार्थी पलमा पनि प्रेममानै निस्वार्थ डुबिरहन्छ ।
के तिमी मेरो बलिदान खोस्न सक्छौ ?
जो आफै मेटिएर तिमीलाई मनपर्ने मुर्ति बन्न सक्छ ।
के तिमी मेरो शक्ति खोस्न सक्छौ ?
जुन मेरो शक्तिले सृष्टिको आरम्भ हुन्छ ।
प्रकृतिले मलाई सित्तैमा यतिधेरै अधिकार सुनिश्चित गरेको छ ,
र त मेरो जीवन सजिलै सफल बनेको छ,
जसले गर्दा मैले सधैं सुशिल, सहनशील ,
ममताकी खानी, सुन्दरताकी प्रतिमूर्ति ,
यस्ता अनेकौं बन्दनीय, पुजनीय सम्बोधन पाउदै आएकी छु ।
सायद यतिधेरै सम्बोधन गर्दै गर्दा मलाई पनि महसुस गर्ने
तिमी भित्र एउटा मात्र पनि भावना भइदिएको भए ?
अफसोस मेरो स्वरुपको मूर्ति पुज्नेले मलाई बुझ्न चाहदैनन् यहाँ ?
तर गर्व लाग्छ मेरा अधिकार भूमिसँग मिल्दोजुल्दो रहेछ खुशी लाग्छ ।
म त प्रकृतिको सुन्दर रचयिता पो रहेछु l
भूमिले जस्तै सुन्दर सृष्टि गर्ने ।
त्यसैले त भूमिले पनि मेरै सम्बोधन पाएकी रहिछिन् ।
प्रतीक्षा नेपाली, पोखरा
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।