'दलितका लागि दलित अभियान नेपाल'ले फाल्गुन १२ गते काठमाडौँमा विशाल खबरदारी सभा गर्दै
काठमाडौँ,फाल्गुन,११-'दलितका लागि दलित अभियान नेपाल', 'आफ्ना लागि आफै'ले फाल्गुन १२ गते काठमाडौँमा बृहत जनप्रदर्शन समुदाय जागरण अभियान गर्दैछ l उक्त अभियान जातीय हिंसामा परेका, जातीय छुवाछुत र भेदभाव विरुद्धको अभियानको रूपमा रहने छ l
प्रदर्शनमा देशभर जातीय हिंसामा परेका परिवारको उपस्थिति हुनेछ l नेहा सत्येन्द्रको जोडी पनि सार्वजनिक हुने छन् l रिंकु सदाको परिवार,नवराज विश्वकर्माको परिवार,सेते दमाईको परिवार र सम्झना कामीको परिवार लगायत जातीय हिंसामा परेका परिवारहरू उक्त दिन उपस्थित हुने कुरा खगेन्द्र सुनारले जानकारी दिएका छन् l
यो समाज जागरण र सामाजिक न्यायको विषय हुनाले यसमा दलित मात्र होइन गैर दलित र सामाजिक न्यायका पक्षधर, मानवाधिकारको पक्षमा काम गर्ने,जोकोही सहभागी हुन सुनारले आग्रह गरेका छन् l गत असोज ३ गते बृहत प्रदर्शन गरेको दलितका लागि दलितले फाल्गुन १२ को प्रदर्शन पनि व्यापक हुने आसाका साथ विशेष तयारी गरेको छ l
कार्यक्रम कुनै अमुक दल विशेषको आयोजना नभएको कारण जुन सुकै दल, समुदाय, सप्रदाय, आस्था, विश्वास र न्यायप्रेमी समुदाय सहभागी हुनेछन् l दलित जागरण र न्यायको आवाज झन् घनिभूत भएको कारण सभामा उपस्थिति उल्लेख्य हुने दलितका लागि दलितले विश्वास लिएको छ l
'दलितलाई खै ?' श्लोगन सहित खगेन्द्र सुनारले दलितको मुद्दा (विषय) मा ४५ दिन काठमाडौँको माइतीघरमा सङ्गालो लगाएर प्रदर्शन गरेर दलित जागरण र अधिकारको मुद्दालाई देशको ध्यान खिच्न सफल भएका थिए l
स्मरणीय : फोटो फाइल
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...