मन्त्री परिषद हेरफेरको तयारी : जनमतकी अनितादेवी शाह मन्त्री बन्ने
साउन, २७ काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।उपप्रधानमन्त्री सहित कुनै एक राम्रो मन्त्रालय लिएर आफै मन्त्री मण्डलमा सहभागी हुने मनशाय राखेका डाक्टर सि के राउत ब्याक भएर सांसद अनिता शाहलाई पठाउने र आफू पार्टी र संगठन केन्द्रित भएर देश दौडाहा गर्ने अभियानमा छन् l राउत अहिले आफ्नो प्राथमिकता सरकारमा नभएर आगामी चुनाव भएको बताउन थालेका छन् l आगामी चुनाव २0८४ राउतको पनि मिसन हो l सो चुनावबाट आफ्नो स्थिति मजबूत बनाएर प्रभावकारी हस्तक्षेप गर्ने राउतको ध्याउन्न भएको जनमत पार्टीका नेताहरूको भनाई छ l
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई छिटोमा आइतवार या ढिलोमा यो हप्ता मन्त्री नियुक्त गर्न लागेका छन् l प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरूमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एक या दुईलाई हटाउने सम्भावना छ । ‘कस कसलाई फिर्ता बोलाउने भन्ने तय भइसकेको छैन’ स्रोतले भन्यो ।स्रोतको शंका र बाहिरको अड्कलबाजी मिल्दोजुल्दो छ l कतै गृहमन्त्री श्रेष्ठ र संस्कृतिमन्त्री सुदन किराँती फायरमा परेर मन्त्रालय हेरफेर सहित मन्त्री मण्डल पुनर्गठन हुने त होइन ? त्यो सम्भावना पनि स्रोतले नकार्न सकेको छैन l
स्मरणीय : akabarey.com परीक्षण प्रसारणमा छ l
जनमतले यसअघि नै अनिता देवी शाहको नाम सिफारिस गरेको थियो ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...