खगेन्द्र सुनारको नेतृत्वमा गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेस कार्यालय घेराउ
काठमाडौं, माघ २५- दलितका लागि दलित अभियान नेपालको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् l
दलित लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार शरीरभरि साङ्गलो बेरेर विरोध प्रदर्शनको नेतृत्व गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा पुगेका थिए l
सुनार नेतृत्वको टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ l
सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
यही विषयमा हिजो (बिहीबार)को संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।
सुनार नेतृत्वकै टोली हिजो माघ २४ गते काठमाडौँ जिल्ला प्रहरी परिसरमा गृहमन्त्रीको विरूद्ध जाहेरी दरखास्त लिएर समेत पुगेको थियो l उक्त जाहेरी प्रहरीले लिन मानेको थिएन l जाहेरी दरखास्त प्रहरीले लिन नमाने गृहमन्त्री विरूद्ध अदालत जाने पनि सुनारले बताउँदै आएका छन् l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...