दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा जातीय छुवाछुत र भेदभावका घटनाको छानबिन र दोषीलाई कारबाहीको माग
माघ-२३ -'अन्तरजातीय प्रेमविवाह गरेकै आधारमा राज्यबाटै पीडित बनेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियार अपहरणको धम्कीका कारण भूमिगत बस्न बाध्य छन् । सत्येन्द्र र नेहा डरधम्कीकै कारण राष्ट्रिय मानव अधिकार आयोगले बोलाउँदासमेत उपस्थित हुन सकेका छैनन् ।'
'अछाम जिल्लाको साँफेबगर नगरपालिकावडा नं. ९ स्थित बुढाकोट मा.वि.मा भएको सरस्वती पुजाकालागि बोलाईएका स्थानीय पुजारी चेतराजभट्टले उक्त विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीहरु, अभिभावकहरू र अभिभावक संघका अध्यक्ष सर्जन परियार समेतलाई सालको पातमा टीका बेरेर टाढैबाट भुँइमा राखीदिएको घटनाले जातीय भेद गरेको छ l'
प्रस्तुत घटना र सन्दर्भलाई लिएर नेपाली कांग्रेस सम्बद्ध दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा जातीय छुवाछुत र भेदभावका घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै र सत्येन्द्र र नेहाको सुरक्षाको लागि सरकारसँग अनुरोध गरेको छ l
‘दलित समुदाय समन्वय तथा सशक्तीकरण विभाग’ले पनि विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । विभाग प्रमुख लक्ष्मी परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...घटनामा संलग्न जो कोही व्यक्ति, परिवार र निकायलाई कानुनी कारबाहीको दायरामा ल्याई आवश्यक छानबिन गर्न र पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्थासँगै विवाह गर्ने दम्पतीको जीवन रक्षा गर्न–गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’
‘दलित समुदाय समन्वय तथा सशक्तीकरण विभाग’ प्रमुख लक्ष्मी परियारद्वारा जारी गरिएको प्रेस विज्ञप्ति:
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...