पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

रासस समाचार - ताप्लेजुङ, पुष ९: पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने योजना बनाएका छौँ ।
यसले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।” यसअघि ती घण्टीहरूलाई बोलपत्र आह्वान गरी बिक्री गर्ने तयारी गरिएको भन्दै स्थानीय बासिन्दा, आगन्तुकको सल्लाह र सुझावका आधारमा प्रवेशद्वार निर्माण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । पाथीभरा क्षेत्र विकास समितिले पुराना र पुरातात्विक महत्वका घण्टीहरूलाई भने संरक्षण गरेर राख्ने जनाएको छ । यसले पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरलाई जोगाउने र भावी पिँढीलाई पाथीभरा र यहाँका पुरातात्विक वस्तुको महत्व बुझाउन मद्दत पुग्ने समितिको विश्वास छ ।
घण्टीको प्रवेशद्वार निर्माणले पाथीभरा पदमार्गलाई थप आकर्षक बनाउनुका साथै धार्मिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने विश्वास लिइएको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो । उहाँका अनुसार हाल पाथीभरामा करिब ५० क्विन्टलभन्दा बढी घण्टी छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...