बालकुमारी हत्याकाण्डका अभियुक्तले बाबु र भाइको हत्या मैले गरेको भन्दै आत्मसमर्पण गरे
काठमाडौं, पुष ९- भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्यारा उनीहरूकै छोरा र दाजु भएको खुलेको छ l
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण बालकोट स्थित डेरामा मृत अवस्थामा भेटिएका थिए ।
हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको र उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा आत्मसमर्पण गरेका छन् l हाल उनी प्रहरीको नियन्त्रणमा छन् l प्रहरी अनुसन्धान कार्यालयका अनुसार मिलनले हत्या गरेको स्वीकार गरेको छन् ।
मिलनले हत्या गर्नुको कारणमा भने पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान भने हुँदै गरेको प्रहरी अधिकृतले बताएका छन् l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...