रास्वपा महामन्त्री मुकुल ढकाल पार्टीबाट निलम्बित

असार, २० - राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको जानकारी गराइएको छ l
केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत तोकेको छ ।
साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । रास्वपा उपसभापति डोलप्रसाद अर्यालको नाममा जारी मुकुल ढकाललाई सम्बोधन गरी लेखिएको पत्रमा मिति मिति २०८१ /०३ १९ गते बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरित अभद्र, अशोभनीय र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल पार्ने अभिव्यक्ति दिंदै हिंड्नु भएकोले राजनीतिक दल सम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गरेको व्यहोरा जानकारी गराइन्छ ।' पत्रमा भनिएको छ l
बुधबार बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले आफूमाथि ह्यारेसमेन्ट भएको आरोप लगाएका थिए । उनले भनेका थिए– ‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन ।'
गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासो थियो । उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’ त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’ भन्दै ढकाल सभापति रवि लामिछाने माथि खनिएका छन् l
मुकुल ढकालको नाममा जारी पत्र :
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...