डाक्टरले मास्क लाउँदा,डाक्टर नि झाँक्री समान भयो - डा. बिष्णु जोशी
डाक्टरले मास्क लाउँदा,डाक्टर नि झाँक्री समान भयो
मास्क खोल्नु मुख नखोल्नु,बोल्दा झन् अपमान भयो !
गोपनीयताका कुरा होलान् बैठकमा बोल्नुहोस् पहिले
फजुल मिडियाबाजीले एक कान, दुई कान मैदान भयो !
नयाँहरूले पुराना भ्रष्टसँग सत्ता गठबन्धन गर्न हुन्न थियो
न खोला तारियो न सर्प नै मारियो लौरो मात्रै हैरान भयो !
सुपारी भ्रष्टलाई चुना लाग्यो नयाँलाई, जर्दा जनतालाई
सत्ताको गठबन्धनले बेरेको यो कस्तो अनौठो पान भयो l
उनै भ्रष्टको नेतृत्वमा सत्तामा बसी के नै गर्न सकिन्छ र ?
निर्मम समीक्षा गर्नुहोस्, गल्तीको त कम्तीमा ज्ञान भयो l
गजलकार - डा. बिष्णु जोशी
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्