सत्ता परिवर्तनको नव गठबन्धन घातप्रतिघात, बदला, प्रतिशोधकै श्रृङ्खलाको नयाँ कडी हो - नागरिक पहिलो अभियान
नागरिक पहिलो अभियानको तर्फबाट असार २१ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै वर्तमान राजनीतिक परिस्थतिप्रति आफ्नो धारणा र दृष्टिकोण प्रष्ट पारेको छ l नागरिक पहिलो अभियानको तर्फबाट जारी वक्तव्यमा भनिएको छ :'देश दशकौंदेखि निहित राजनीतिक स्वार्थ, सत्तालिप्सा र पदलोलुपताका कारण अस्थीर, अवसरवादी, अनैतिक, अवैचारिक तथा विजातीय गठबन्धन बनाउने-भत्काउने अन्त्यहीन दुष्चक्रको चपेटामा पर्दै आएको थियो ।अहिलको गठबन्धन परिवर्तन पनि कुनै नयाँ, गम्भीर, संवेदनशील नागरिक-केन्द्रित पहलकदमी तथा जनमुखी प्रयास नभएर सत्तास्वार्थ आधारित आपसी घातप्रतिघात, बदला, प्रतिशोधकै श्रृंखलाको नयाँ कडी हो।दुबै गठन्धनमा कुनै तात्विक भिन्नता छैन ।यसले देशका समस्याको समाधान गर्दैन।यो एक प्रकारको भ्रम र समयको बर्बादी मात्र हो ।'वक्तव्यमा तेस्रो ठुलो दल र माओवादी केन्द्र र चौथो ठुलो दल रास्वपालाई लक्षित गर्दै भनिएको छ :'कथित दुई ठूला दल मात्र हैन, यस्तो स्थिति सृजना हुनुमा तेस्रो र चौथो दलको अशोभनीय सत्तालिप्सा, अतिमहत्वकांक्षा र अराजक कार्यशैली, साना र नयाँ भनिएका दलहरूको ‘च्याँखे थाप्ने’ प्रवृति पनि उत्तिकै जिम्मेवार छ ।'
नागरिक पहिलो अभियानका प्रवक्ता प्रशान्त सिंहद्वारा जारी प्रेस वक्तव्य जस्ताको त्यस्तै :
मिति २०८१ आषाढ१७ गते सोमबार मध्यरात दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमति, त्यसबाट उत्पन्न परिस्थिति र आकर्षित हुने प्रश्नबारे नागरिक पहिलो अभियानको धारणा स्पष्ट गर्दछौं ।
देश दशकौंदेखि निहित राजनीतिक स्वार्थ, सत्तालिप्सा र पदलोलुपताका कारण अस्थीर, अवसरवादी, अनैतिक, अवैचारिक तथा विजातीय गठबन्धन बनाउने-भत्काउने अन्त्यहीन दुष्चक्रको चपेटामा पर्दै आएको थियो।अहिलको गठबन्धन परिवर्तन पनि कुनै नयाँ, गम्भीर, संवेदनशील नागरिक-केन्द्रित पहलकदमी तथा जनमुखी प्रयास नभएर सत्तास्वार्थ आधारित आपसी घातप्रतिघात, बदला, प्रतिशोधकै श्रृंखलाको नयाँ कडी हो ।दुबै गठन्धनमा कुनै तात्विक भिन्नता छैन।यसले देशका समस्याको समाधान गर्दैन ।यो एक प्रकारको भ्रम र समयको बर्बादी मात्र हो ।
कथित दुई ठूला दल मात्र हैन, यस्तो स्थिति सृजना हुनुमा तेस्रो र चौथो दलको अशोभनीय सत्तालिप्सा, अतिमहत्वकांक्षा र अराजक कार्यशैली, साना र नयाँ भनिएका दलहरुको ‘च्याँखे थाप्ने’ प्रवृति पनि उत्तिकै जिम्मेवार छ । यस्तो प्रवृतिले राज्य शक्तिको कार्टेलिङ, भ्रष्टाचार, कुशासन, कमिसनतन्त्रको ढाकछोप र सेटिङ-राज्य को जोखिम बढाएको छ ।
दुई ठूला दलले नै आपसमा मिलेर गठबन्धन सरकार बनाउनु संसदीय लोकतन्त्रको अन्तर्राष्ट्रिय प्रचलन, मूल्य प्रणाली, संविधानको मर्म र गत आम निर्वाचनमा अभिव्यक्त भएको जनादेश विपरित हो । दुईमध्ये एकले आफ्ना सहयोगी दलसहित सरकार चलाउने र अर्कोले प्रतिपक्षको भूमिका गर्नु पर्ने मान्यता विपरित प्रमुख प्रतिपक्ष नै नरहने गरी हुने गठबन्धन अप्राकृतिक र अशोभनीय हो ।
त्यसमाथि यस्तो प्रयासलाई ‘राष्ट्रिय सहमतिको सरकार’ को बर्को ओढाउनु भ्रामक र आपत्तिजनक छ।राष्ट्रिय सहमतिको आफ्नै वृहत्त आयाम र परिवेश हुन्छ, दुई दलको सहमति र सरकारलाई राष्ट्रिय सहमति दाबी गर्नु सरासर अनुचित हो ।
यस सन्दर्भमा संविधान संशोधनको बिषयले समेत प्रवेश पाएको छ।तर, संविधान संशोधनको अभिमुखीकरण, दिशा र एजेण्डा के हो प्रष्ट छैन । किन हो-सहमति पत्र अहिलेसम्म सार्वजनिक गरिएको पनि छैन ।विगतका ऐतिहासिक जनान्दोलन, विद्रोह र क्रान्तिका उपलब्धिलाई संकुचन गर्ने, राष्ट्र र समाजलाई पछाडि फर्काउने गरी संविधान संशोधनको प्रयास भए त्यो प्रतिउत्पादक हुनेछ ।
संघीयता, समावेशिता, समानुपतिकता, धार्मिक स्वतन्त्रता, सीमान्तकृत समुदायले प्राप्त गरिरहेको सीमित आरक्षण र सामाजिक न्यायलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्न खोजिएको आशंका गर्न सकिने पर्याप्त ठाउँ छ ।
यस्तो प्रतिगामी दुष्प्रयास नगर्न साबधान गराउन चाहन्छौं ।यदि गरियो भने देश नयाँ प्रकारको राजनीतिक ध्रुविकरणमा प्रवेश गर्ने निश्चित भएको हुँदा त्यसको सामना गर्न तयार हुन चेतावनी दिन्छौं ।
देशका विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा भूराजनीतिक समस्याको दीगो समाधान छुद्र स्वार्थ र सत्तालिप्सा केन्द्रित गठबन्धन र सरकार परिवर्तनको अन्त्यहीन श्रृंखलाबाट हुन सक्ने छैन ।यसका लागि बृहत्त राष्ट्रिय विमर्श, जागरण र नागरिक आन्दोलन आवश्यक पर्दछ।तसर्थ, हामी सबै जनमुखी, नागरिक-केन्द्रियतामा विश्वास गर्ने प्रगतिशील, लोकतान्त्रिक, बहुसांस्कृतिकतावादी अग्रगामी शक्तिहरुलाई अपरिहार्य बन्दै गएको ‘तेस्रो जनान्दोलन’ को बोध गर्न र त्यसका लागि सहकार्य गर्न तयार हुन समेत विनम्र आग्रह गर्दछौं ।
प्रशान्त सिंह
प्रवक्ता
नागरिक पहिलो अभियान,मितिः २०८१ आषाढ २१ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...