एसईई सकेका विद्यार्थीहरूको लागि डा. बिष्णु जोशीका सुझावहरू

एसईई पछि उच्चशिक्षामा कुन सङ्काय रोज्ने ? कम ग्रेड या नन ग्रेड आए के गर्ने? विदेश कहिले जाने ?
प्यारा भाइ बहिनीहरू,
सर्व प्रथम त एसईई परीक्षा उत्तिर्ण हुनुभएका सबै भाइबहिनीहरूलाई बधाई तथा शुभकामना । स्वाभाविक रूपमा अब तपाईँहरूलाई लागिरहेको होला कि एसइई पछि के गर्ने ?
SEE पछि के गर्ने भन्ने उत्तर सबैका लागि एउटै नहोला यो त आफ्ना रुचि लक्ष्य र क्षमताहरूमा भर पर्ने कुरा हो । रुचि र लक्ष्यहरू पनि समयअनुसार परिवर्तन हुँदै जान्छन् र क्षमता पनि कुनै विशेष क्षेत्रमा आफ्नो रुचि अनुसार प्रशिक्षण लिएर नयाँ क्षमता हासिल पनि गर्न सकिन्छ । त्यसैले आज तपाईँलाई जेमा रुचि छ या जे कुरामा दक्ष हुनुहुन्छ भोलि पनि त्यही नै रहन्छ भन्न सकिन्न मान्छेका रुचि लगाव पनि बदलिँदै जान्छन् l यसबाहेक भोलि जीवनमा आउने परिस्थिति अनुसार हामीले आफैँलाई ढाल्नु पनि पर्ने हुन्छ ! जसका लागि तयार हुनुहोला l जिन्दगी आफैमा एउटा परीक्षा पनि हो l परीक्षाहरू औपचारिक शिक्षामा जस्तै जिन्दगीमा पनि पटक पटक दिइरहनु पर्दछ l
तसर्थ:
१ . राम्रै ग्रेड आएको भए पनि अभिभावकको दबाबमा आएर डाक्टर, इन्जिनियर र चार्टर एकाउन्टेन्ट मात्रै बन्छु नसोची कृषक, वैज्ञानिक, ग्राफिक्स डिजाइनर, यु ट्यूबर, मिडिया इनफ्लुएन्सर, कन्टेन्ट क्रिएटर, खेलाडी, राजनैतिक रणनीतिकार, पत्रकार, वातावरण संरक्षणकर्मी, मानव अधिकारकर्मी, लेखक, पेन्टर, वाइल्ड लाइफ फोटोग्राफर, टुरिस्ट गाइड, नृत्य, योग र ध्यान प्रशिक्षक, मोटिभेटर, मनो वैज्ञानिक इत्यादि-इत्यादि जस्ता आफ्नो रुचि अनुसारका वैकल्पिक पेसा र सम्भावना भएका हरेक क्षेत्र र विषय बारे पनि सोच्नु पर्छ l शिक्षा र जिन्दगी चलाउने अनेक आयाम र बाटाहरू छन् l
२. राम्रो ग्रेड नआए या नन ग्रेड आए पुनः प्रयास गर्ने l सँगसँगै सिप अभिवृद्धि गर्न तर्फ लाग्ने l दैनिकी निर्वाह गर्नुसँगै व्यवहार चलाउन र व्यवसाय बढाउन सीपमूलक तालिम जरुरी छ । विश्वव्यापी रूपमा निरन्तर वृद्धि भइरहेको विज्ञान, प्रविधि र उद्यम बजारले व्यावहारिक सिपयुक्त तालिम नभए एआई र रोबोटले भविष्यमा जागिर खोस्ने चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । काम र सिप ठुलो सानो हुन्न l जस्तो र जुन रोजे पनि हुन्छ l बस् लगाव हुनु पर्यो मेहनत गर्नु पर्यो l लक्ष्य निर्धारण गर्नु पर्यो l
सिपमूलक यी कुरामा पनि ध्यान दिऔँ :
- Electrician, Plumbing, Beautician, सिकर्मी, डकर्मी, ड्राईभिङ्ग, अटो रिपेअर, मोबाइल, कम्प्युटर रिपेअरिङ्ग, Farming, Gardening आदि, पर्यटन सम्बन्धी काम: Tourist guide, rafting, bungy jumping, mountaineering, rock climbing, hotel and hospitality management, homestay management, मूर्तिकला, थाङ्का जस्ता चित्रकला आदि इत्यादि
- आफ्ना अग्रज बुवा-आमा दाइ दिदीहरूले सम्हाल्दै आएका जीविकोपार्जनका काम सिक्नुहोस् l परम्परागत पैतृक ज्ञानमा बुबा आमा आफन्तको सहयोग बढी महत्त्वपूर्ण हुन्छ l उहाँहरूसँग अनुभवले खारिएको विशेष ज्ञान रहेको हुन्छ जुन आफ्नो पहिचानसँग पनि जोडिएको हुन्छ l
३. विदेश कहिले जाने ?
स्मरण रहोस् अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तपाईँहरूको स्कुल जीवन सकिएको छैन । १२ कक्षासम्म अझै स्कुल नै मानिन्छ । अझ कलेज त झन् चार वर्षे अन्डरग्रजुएट पूरा गरेपछि मात्र सकिन्छ । कम्तीमा स्नातक नगरी विदेश जाने बारे नसोचौँ ! मास्टर्स या PhD या अन्य कुनै विशेष certification को लागी जाँदा राम्रो तर 11/12 या undergraduate मा विदेश आएका भाइ बहिनीहरूले धेरै दुख पाएका छन् ! विदेशमा पढ्दै कमाउन त्यति सजिलो छैन l विदेश बाहिरबाट जे देखिन्छ त्यो नहुन पनि सक्छ l विशेष गरी मास्टर्स डिग्री भन्दा कमको पढाई को लागि विदेश समग्रमा त्यति सहज छैन l
विदेश आउनु अघि यी सिप सिकेर आउनु फाइदाजनक हुन्छ
- खाना पकाउन चाहिँ सिकेको हुनु पर्छ l
- waiter, storekeeper, cashier, beautician, petrol station (gas station) मा काम गरेको अनुभव भए राम्रो l
- त्यस्तै ब्रुमिङ, मपिङ, क्लिनिङ गर्न सिक्नु होला l
- कार चलाउन, सफा गर्न, सानो तिनो रिपेयर गर्न सिक्नुहोला l
सुरुमा सिप नभए विदेशमा यिनै काम गर्ने हो त्यसैले जीवनोपयोगी सिप सिक्नमा पनि समयमै जोड दिनु l
स्मरणीय: उद्गमथलो बझाङ रहेका डाक्टर बिष्णु जोशी हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन् l
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...