चक्रपथ विस्तारका लागि कांग्रेस सांसद प्रदीप पौडेलको नेतृत्वमा दबाब यात्रा
असार,१५ काठमाडौं । । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रबाट चक्रपथ (रिङरोड) विस्तारका लागि दबाब यात्रा गरिएको छ l
केही दिनअघि मात्रै नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।
प्रदीप पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा संसदमा पटक-पटक आवाज उठाउँदै आएका छन् ।
उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूतसँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए । काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको, अनेक स्वास्थ्य समस्या देखिन थालेको उनको तर्क छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...