चक्रपथ विस्तारका लागि कांग्रेस सांसद प्रदीप पौडेलको नेतृत्वमा दबाब यात्रा
असार,१५ काठमाडौं । । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रबाट चक्रपथ (रिङरोड) विस्तारका लागि दबाब यात्रा गरिएको छ l
केही दिनअघि मात्रै नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।
प्रदीप पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा संसदमा पटक-पटक आवाज उठाउँदै आएका छन् ।
उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूतसँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए । काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको, अनेक स्वास्थ्य समस्या देखिन थालेको उनको तर्क छ l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l