जनक परियारको संयोजकत्वमा कास्ट वाच नेटवर्क (सिडब्ल्युएन ) काठमाडौँ उपत्यका समिति घोषणा

शनिबार काठमाडौँको एक पार्टी प्यालेसमा सिडब्ल्युएनको काठमाडौँ उपत्यका समिति गठन गरिएको छ l उलेख्य उपस्थितिका बिच काठमाडौँ उपत्यका समिति गठन गरिएको हो l तीन जना महिलाले दीप प्रज्ज्वलन गरी उदघाटन गरिएको कार्यक्रम परम्परागशैली भन्दा पृथक देखिन्थ्यो l
अतिथि विशेष अतिथि आदिको औपचारिक मञ्चमा भिडभाड नगरी सबैलाई अतिथिको सम्मान दिएर यथास्थानमा बस्न आग्रह गरिएको कार्यक्रमको सभापतित्व 'दलित आत्मरक्षा अभियान'का प्रमुख एवम् सिडब्ल्युएनका केन्द्रीय संयोजक डा. मित्र परियारले गर्नु भएको थियो l
सिडब्ल्युएनकी केन्द्रीय सदस्य पार्वत भित्रीकोटीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन चेतन विकले गर्नु भएको थियो l
कार्यक्रममा जनक परियार, सिडब्ल्युएनका केन्द्रीय सदस्यहरू वसन्त परियार, सुदिप परियार, सुब्बा साहेब पासवान दीपेश रत्नलगायत अन्य सहभागीहरू नुवाकोट घटनाका पीडित रामचन्द्र नेपाली, मिनबहादुर परियार, सुन्दर विश्वकर्मा रोमिता शर्मा, सुरेन्द्र विश्वकर्मा सुरेन्द्र रसाइलीले बोल्नु भएको थियो l महेश भुलले गजल वाचन गर्नु भएको थियो भने सरोज परियारले गीत गाउनु भएको थियो l
कार्यक्रमा सिडब्ल्युएन बारे प्रकाश पार्दै डा. मित्र परियारले भन्नु भयो l हामी मूलतः नेपालको संविधान ऐन, कानुन र नियम पालन गरेर आफ्नो गतिविधि संचालन गर्छौं l तर राज्य दमन उत्रियो भने प्रतिकार गर्न पनि बाध्य हुन्छौ l
जातीय भेदभाव र छुवाछुत जहाँ र जसले गरे पनि चाहे त्यो दलित दलित बिचमा नै होस् या दलित र गैर दलित बिचमा होस् मर्का परेको ठाउँमा हाम्रो फोर्स पुग्छ र सहयोगको वातावरण तयार गर्छ l अन्याय कसैलाई हुन् दिंदैन l अन्याय परेको स्थानमा पुलिस वकिल पत्रकार र न्यायिक निकायका प्रतिनिधिहरू लिएर सिडब्ल्युएनको टोली पुग्छ l हामी शान्तिपूर्ण रूपमा आफ्नो गतिविधि गर्छौ र न्यायको आवाज बोल्छौ l हाम्रो उदेश्य समाजको जातीय भेदको मनोवैज्ञानिक संरचना, राज्य संरक्षित विभेदको कारखाना भत्काएर समतामूलक समाज निर्माण गर्नु हो l तालिवानी शैलीको धार्मिक अतिवादलाई अन्त्य गर्नु हो l जातको आधारमा कसैले पनि अन्याय पर्दा एक्लै रुनु नपरोस् l न्यायको लागि हामी साथ दिन तयार छौं भन्ने हेतुले सिडब्ल्युएन काठमाडौँ समिति गठन गरिएको हो र देशभर यसको विस्तार हुनेछ l काठमाडौँमा कम्तिमा पनि ५०० जनाको समिति बनाउने लक्ष्य छ l
सिडब्ल्युएनको सदस्य बन्न जुनसुकैपार्टीको भए पनि फरक पर्दैन तर पार्टीगत जिम्मेवारीमा नरहेका जुनसुकै व्यक्ति पनि बन्न सक्छन् l यसको संगठनमा दलितको मात्र सहभागिता रहन्छ भने सहयोग समर्थन सबै समुदायले गर्न सक्छन् l हामी अहिल्यै कुनै चुनाव लड्दैनौ, पार्टी खोल्दैनौ l धर्म संस्कारमा सुधार र संविधानको पालनामा हाम्रो राज्यलाई दबाब र कानुनीराज्यको प्रत्याभूति दिन हामी सङ्घर्ष गर्छौ l कार्यक्रमको उदेश्य र सिडब्ल्युएनको धारणा बारे डा . मित्र परियारको स्पष्टोक्ति थियो l सो समारोहमा पहिचानवादी प्राडा महेन्द्र लावतीले दलित र पहिचानवादीहरूको समानाताको चर्चा गर्दै दुवैले मिलेर सङ्घर्ष गर्नु पर्ने र राज्यको प्रतिनिधित्वमा मात्र होइन स्रोत साधन र पहुँचमा पनि पूर्ण समानुपातिकता जनसंख्याको आधारमा लिएर नै छोडने अधिकारको आन्दोलन गर्न जोड दिनुपर्ने कुरा गर्नु भयो l
एकल जातीय राज्यलाई बहुल जातीय राज्यमा रूपान्तरण गरी शासन सत्तामा सबैको साझेदारी र राज्यको मूलभूत चरित्र बदल्न आजको राजनीतिले काम गर्नुपर्छ l आदिवासी जनजाति र दलित समुदायको एकताले ३१ प्रतिशत खस आर्यको वर्चस्व तोडन सहजै सकिने विचार प्राडा लावतीको थियो l
पूर्वराजदूत डा. निर्मल विश्वकर्माले वर्गीय मुक्तिबाट जातीय मुक्ति हुन्छ दलितको मुक्ति हुन्छ भनेर भुलभुलैयामा कम्युनिष्टहरूले राखेको तर कम्युनिष्टहरूको सरकार बन्दा नै दलित विकास समितिको खारेजी देखि स्थानीय निकायमा कर्मचारी भर्ना गर्दा दलितमाथिको निषेधको आँकडा प्रस्तुत गर्दै नेपाली राज्यसत्ता जहिल्यै दलितको दमनमा र उत्पीडनमा रमाएको विचार राख्नु भयो l
नवराज विकहरू अन्यायपूर्वक मारिँदा देशमा कम्युनिष्ट प्रधानमन्त्री रहेको र प्रधानमन्त्री स्वयंले नवराजहरू सरकारले मारेको होइन भनेर दिएको जबाफमा दलितप्रतिको सरकारी रवैया प्रष्ट भएको देखिन्छ l हामी आत्मसम्मान सहितको अन्तरघुलन चाहन्छौ तर राज्यसत्ताको चरित्र आतामासमर्पण सहितको अन्तरघुलनको कुरा गर्छ जुन हाम्रा लागि किमार्थ स्वीकार्य छैन l हामीले षड्यन्त्र बुझ्न नसकेर जातीय भेदभाव र अपमान सहेका छौं l हामी आरक्षण भन्दा पनि पूर्ण समानुपातिकताको पक्षमा छौं l
दलित समुदायको अबको प्राथमकिता सामुदायिक समाजवाद हुनुपर्छ, बल प्रयोग गरेर मात्र नतिजा निकाल्न कठिन हुन्छ यसर्थ एकता र सङ्घर्षको नीति लिनु उपयुक्त देखिन्छ l राज्यसत्तामा हिस्सेदारी, स्रोतमा हिस्सेदारी पहुँचमा हिस्सेदारी जमिन जल जङ्गल उद्योग सबैको दलितको हिस्सेदारी आवश्यक छ l हामी हिन्दु होइनौ र दलितको धर्म हिन्दु होइन त्यसैले हामी हिन्दुवर्णाश्रम भित्रका शूद्र पनि होइनौ l हामीलाई खस आर्य भन्ने भाष्य पनि गलत छ हल दलितका कुनै पनि समुदाय ब्राम्हणबाट खसेका होइनन् l अब दलितले शक्ति आर्जन, गर्न राजनीतिक शक्ति निर्माण गर्नु जरुरी छ l सकिन्छ हतियारबद्ध आन्दोलन, सकिंदैन एकता र सङ्घर्षको मोडेलबाट राजनीतिक शक्ति र पुँजी निर्माण गरी राज्यसत्तामा समान अधिकारको उपभोगको लागि यत्न गरौ डा, विश्वकर्माको भनाई रहेको थियो
l संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सुन्दर फूलबारीमा असुन्दर काम भएको हुँदा सुन्दर फूलबारी बन्न सबैको समान अधिकार मर्यादा र स्वतन्त्रता रहने विचार प्रकट गर्नु भयो l हामी हाम्रो अधिकारको लागि मर्न तयार छौं र झुक्दैनौ भन्दै सङ्घर्षमा जोड दलमर्दन कामीको थियो l
जातीय पहिचानवादी नेता टंक गुरुङले जातीय मुक्ति हाम्रो अभीष्ट र अभिभारा भएको विचार व्यक्त गर्दै मार्ने र मार्ने लडाई नगरी संवाद र वैचारिक प्रक्रियाबाट नै अधिकार प्राप्तिको लागि काम गर्न सकिन्छ भन्ने राय प्रकट गर्नु भयो l
लेखक विद्वान् त्रिभुवनचन्द्र वाग्लेले नेपालको नियम कानुन र संविधान भित्र बसेर नै कानुनसम्मत काम गर्ने र दबाब दिने संस्थाको उदेश्यले आफू प्रभावित रहेको र आफूलाई यो संस्था विशेष र अरू भन्दा फरक लागेको अनुभूति व्यक्त गर्नु भयो l
राज्यले न्याय शास्त्र बनाएर अन्याय गरेको कारण मेरो पुस्तासम्म दलितको गाली खानु परिरहेको छ आगामी पुस्ता रले यो गाली खान नपरोस् र न्याय र समतामूलक समाज निर्माण गर्न योगदान गर्न सकियोस् भन्ने हेतुले आफू यहाँ आएको हुँ भन्दै राज्यले दिएको सुविधाको वितरण न्यायोचित रह्यो रहेन त्यो हेर्दै थप अधिकार प्राप्तिको लागि सबै मिलेर जानुपर्ने विचार प्रकट गर्नु भयो l
उक्त भेलाले रुकुमका जनक परियारको संयोजकत्वमा उपस्थित ५९ र अनुपस्थितसमेत १०० सदस्य रहेको काठमाडौँ उपत्यका समिति घोषणा गरेको छ l
१.जनक परियार रुकुम -संयोजक २.सीता सुनार गोर्खा -सदस्य ३.रितु भितृकोटी भोजपुर -सदस्य ४.रमिला परियार चितवन -सदस्य ५.बिमला नेपाली काठमाडौ -सदस्य ६.सुरेन्द्र कुमार रसाइली काठमाडौ -सदस्य ७.लिलाराज सुनार बाके -सदस्य ८.गोकुल नेपाली भक्तपुर -सदस्य ९.सुमन लाभ्रे दोलखा -सदस्य १०.अमित परियार बाजुरा -सदस्य ११.धन बहादुर परियार बाजुरा -सदस्य १२.सुरेन्द्र बिश्वकर्मा जुम्ला - सदस्य १३.मुकेश परियार नुवाकोट -सदस्य १४.उमेश रम्तेल सिन्धुली -सदस्य १५.रबि रम्तेल सिन्धुली -सदस्य १६.राम ब.परियार हुम्ला-सदस्य १७.सुरेश परियार हुम्ला -सदस्य १८.बसन्त बिटालु जुम्ला -सदस्य १९.सुमन बिश्वकर्मा नुवाकोट -सदस्य २०.ईन्द्र बराईली सुर्खेत -सदस्य २१.सुदिप परियार नवलपरासी -सदस्य २२..दुर्गा ब.बि.क. स्याङ्जा - सदस्य २३.अङ्किता परियार भक्तपुर -सदस्य २४.निकेश नेपाली भक्तपुर -सदस्य २५.आनन्द रम्तेल काठमाडौ -सदस्य २६. शशिराम वि श्वकर्मा काठमाडौ -सदस्य २७.निर्मलकुमार शर्मा काठमाडौ -सदस्य २८.डम्बर खड्काथोकी दाङ - सदस्य २९.मीनबहादुर नेपाली गोर्खा - सदस्य ३०. हेम परियार सिराहा- सदस्य ३१. दिलबहादुर चुनारा रुपन्देही - सदस्य ३२.सागर विक सिन्धुली - सदस्य ३३.बिष्णुबहादुर नेपाली काठमाडौ - सदस्य ३४.कमला भट्टराई कार्की सुनसरी - सदस्य ३५. सुन्दर कुमार रसाइली पाल्पा-सदस्य ३६.कर्णबहादुर मिजार दैलेख - सदस्य ३७. लक्ष्मणबाबु परियार काठमाडौ - सदस्य ३८. सरिता परियार गोर्खा - सदस्य ३९.रत्न कुमारी परियार गोर्खा - सदस्य ४०. रुपबहादुर परियार गोर्खा - सदस्य ४१.महेश भुल बैतडी - सदस्य ४२.नरेन्द्र दमाई बाजुरा- सदस्य ४३.दुर्गा सुनार कपिलवस्तु - सदस्य ४४. उमादेवी सुनार कपिलवस्तु - सदस्य ४५.चेतन बिक सिन्धुली -सदस्य ४६. धर्मशिलादेवी पासवान रौतहट - सदस्य ४७. मनिसा परियार जाजरकोट - सदस्य ४८.सूचना परियार धादिङ - सदस्य ४९.सन्तोष परियार जाजरकोट - सदस्य ५०. कमल परियार जाजरकोट - सदस्य ५१.राजु रानापाल कपिलवस्तु - सदस्य ५२.अम्बिका परियार भक्तपुर - सदस्य ५३.सीता परियार जोरपाटी - सदस्य ५४.उद्दप परियार काभ्रे - सदस्य ५५.निशा बराइली सुर्खेत - सदस्य ५६. मिना चुनारा सुर्खेत - सदस्य ५७.सरोज परियार गोर्खा - सदस्य ५८. सिमा मगराती नुवाकोट - सदस्य ५९. नगेन्द्र शंकर बालाजु- सदस्य रहनु भएको छ l अन्य उपस्थित हुन् नसक्नु भएका गरी सय जनाको नाम टिपाएको जानकारी प्राप्त भएको छ भने बाँकी क्रमशः थपिँदै जाने डा. मित्र परियारले बताउनु भएको छ l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...