सतिप्रथाको उत्पत्ति,असर र समाप्ति - डिकबहादुर विश्वकर्मा

अचेल छुवाछुतको प्रसङ्ग चल्दा कतिपय दलित युवाहरूले `सतिप्रथा हट्यो भने छुवाछुत प्रथा किन हटेन ?' भनेर दुईटै प्रथाको मूल्याङ्कन एकै हिसाबले गरेको देखिन्छ । वास्तवमा त्यो सरासर गलत छ । त्यसरी बोल्नु अघि सतिप्रथा के हो ? किन, कसरी सुरू भयो र किन हटाईयो ? छुवाछुत प्रथा के हो ? किन, कसरी सुरू भयोहालसम्म किन हटन सकेको छै ? अनि ति दुई प्रथाहरूले को कसलाई के कसरी असर गरेका रहेछन् र गरिरहेका छन् ? भन्ने पृष्ठभूमि जान्न अति जरूरी हुन्छ ।
यसबारे सब नजानीकन त्यसले हचुवाको भरमा मूल्याङ्कन गरेर बोल्नाले वक्ताको अज्ञानता प्रष्टै झल्किन्छ भने उसको वजन स्वतः घटन जान्छ । वास्तवमा ती दुवै प्रथाको उत्पत्ति , पृष्ठभूमि र असरमा धेरै फरक छ । यो कुरा जान्न हाम्रा युवालाई अति जरूरी देखेर मैले आफूले पढेका र जानेका हिन्दू ग्रन्थ एवं इतिहासका आधारमा निम्न तथ्य प्रस्तुत गरेकोछु । यो लेख पढेर दलित युवालगायत सम्बन्धित सबै पाठकहरू लाभान्वित हुनेछन् र हचुवाका भरमा मूल्याङ्कन गर्न छोड़नेछन् भन्ने आशा लिएको छु l
सतिप्रथा
सती प्रथा र जौहर प्रथा दुवैको अर्थ एउटै अर्थात् आईमाईलाई आगोमा पोलेर मार्ने भएकोले यी दुईटा शब्दलाई पर्यायवाची मान्न सकिन्छ । यो प्रथा किन र कसरी सुरू भयो भन्ने तर्फ हेरौं:
युरेशियाबाट मानसरोवरको बाटो हुँदै बर्षौ लगाएर भारतमा आई पुग्दासम्म आर्यहरूमा कुनै प्रकारको यौनिक भेद र बन्धन थिएन, अर्थात् free sex थियो । काम गर्न र घर व्यवस्था चलाउन पुरूष र नारीको जोड़ी बनेर घर/ कुटीमासँगै बसे तापनि संभोगको मामलामा स्त्री पुरूष पूर्ण स्वतन्त्र थिए । अर्थात् जस्ले जति बेला जोसँग ईच्छा लाग्छ, मन मिल्छ ऊसँग नि: संकोच संभोग गरिहाल्थे । आमा दिदी, बैनी, बाउ, दाइ, भाइ सबैले सबैलाई पशुले जस्तै free sex गर्थे ।
यसै कारण ब्रह्माले आफ्नै छोरी सरस्वतीलाई स्वास्नी बनाए भने देवताको गुरु बृहस्पतिले आफ्नै भाउजू ममतालाई करणी गरेर अन्धो बालक उतथ्यलाई जन्माएर अलपत्र पारेको थिए । त्यही उतथ्य ऋषिले वेदमा अनगिन्ती ऋचाहरू लेखेका छन् ।
आफै गुरू बृहस्पतिकी श्रीमती तारालाई पनि शिष्य चन्द्रमाले सम्भोग गरे भने देवराज ईन्द्रले अहिल्यालगायतका अनगिन्ती तरूनी र रूपवती ऋषि-पत्नीहरूलाई मौका मिलाएर यौनिक सुखभोग दिने गरेर आफूलाई एकप्रकारको बियाठे राँगो नै सिद्ध गरेको थियो । यी सब कुराहरू खुद हिन्दू धर्मग्रन्थहरूमा यत्रतत्र वर्णित छन् भने विश्वप्रसिद्ध लेखक एवम् अन्वेषक केदारनाथ पाण्डेय (राहुल सांकृत्यायन) आदि कतिपय भारतीय विद्वानहरूका कृति र नेपालका उद्भट विद्वान मदनमणि दीक्षितलगायतका किताबहरूमा पनि छरपष्ट देख्न र पढ़न पाईन्छ ।
भारतमा आई सकपछि पनि आर्यहरूको समाज यसरी छाड़ा भै रहेको अवस्था एकदिन उद्दालक ऋषिको युवक छोरो श्वेतकेतु गुरूकुलबाट पढाई सकेर आफ्नो घर (कुटी)मा फर्की आँगनमा बा र आमासँग बसेर कुरा गरिरहेको बेला एकजना मुस्तण्डे मान्छे त्यहाँ आयो र श्वेतकेतुकी अधबैंसे पठ्ठी आमासँग केही कुरा गरी हातेमालो गर्दै जङ्गल तिर लग्यो ।
आमा पनि लाजै नमानी छोरो श्वेतकेतुलाई `बाबु, बस्दै गर् है । म एकछिनमा आउँछु' भनि त्यो मुस्तण्डेसँग रमाउँदै गइन् । यो देखेर श्वेतकेतु अक्क न बक्क पऱ्यो र प्रश्नवाचक आँखाले बाउ तिर हेऱ्यो । बाउ उद्दालकले उसलाई सम्झाउन थाल्यो कि ` हेर् छोरा ! आईमाई भनेका धरती (पृथ्वी) जस्तै हुन्, जसरी पृथ्वीलाई जस्ले जोते पनि, जे जस्तो बीऊ रोपे पनि धरतीले बीउ उमारेर हुर्काउँछिन्, बढाउँछिन र पनि पृथ्वी सँधै पवित्र हुन्छिन, ठिक त्सैयसैगरी स्त्रीलाई पनि जुनसुकै पुरुषले बीउ दान गरेर सन्तान जन्माउने गरिन्छ l यो रिति परम्परा देखि चलिआएको हो । यसमा तैंले कुनै दुख नमान् ! '
बाउको यस्तो कुरा सुनेपछि श्वेतकेतु रिसले चुर भयो । अनि उसले तत्कालै यो व्यवस्थालाई तोड़ेर समाजमा एक पत्नी/ एक पुरूष बनाउने प्रतिज्ञा गऱ्यो । फलस्वरूप स्त्रीमा यौनिक बन्धन कसिंदै गयो र उनिहरूको सतित्वमा बढ़ी ध्यान दिईयो भने सती सावित्री जस्ता अनेकन कथा रचिए । पुरूषले मनोमानी गर्न छोड़ेनन्, तर स्त्रीहरूलाई कसेर राख्ने चलन बढ्यो । र त्यसैको फल लोग्ने मरेपछि स्वास्नीलाई अरू पुरूषसँग जान, संपर्क राख्न बाटै बन्द गर्ने नियतले सती प्रथाको उदय भयो ।
बाहुने व्यवस्थामा देशको रक्षा गर्ने र त्यसको लागि लड़ने कामको जिम्मा केवल क्षेत्री (राजपूत) लाई मात्रै थियो । उनीहरू युद्धमा मारिएपछि देश/शहर भित्र पसेको विजेता शत्रुले विधवा क्षेत्रीनीहरूलाई भोग गर्ने निश्चित थियो । किनकि युद्धमा जाने सिपाहीले स्वास्नी लिएर जान्नथ्यो । फलतः विजेताले पराजित देशका महिलाहरूलाई नै श्रीमती बनाउँथ्यो । त्यसैले, आफू नफर्कने निश्चित भै युद्धमा जाने अन्तिम र निर्णायक डफ्फाका राजपूतहरूले, त्यसो हुन नपाओस् भनेर युद्धमा जानु अघि भएभरका महिलाहरूलाई जम्मा पारेर उनीहरूलाई सामूहिक दहन गर्न बनाईएको जौहर कुण्डमा आफ्नै अगाडि हाम्फाल्न लगाई सबैलाई स्वाहा पारेपछि आफू सबैले पिताम्बर (पहेंलो वस्त्र) पहिरेर मृत्यू युद्ध गर्न जान्थे ।
त्यहाँबाट जितेर फर्कने chance विरलै हुन्थ्यो । कदाचित जितेर फर्के भने अन्य ठाउँका महिलालाई खोजेर बिहेगरी नयाँ घरबार बसाउँथे । युद्धमा मारिए भने विजेताले पराजित पक्षका महिलाहरूको नामोनिसान फेला पार्न पाउन्नथ्यो । यसरी सती प्रथाको सुरुवात भयो । कालान्तरमा टीबी आदि जुनसुकै रोगले मरेको व़ा बुढो भएर मरेको लोग्नेकी उमेरदार स्वास्नीलाई पनि अर्को पुरूषले संभोग गर्न नपाओस्, अंशको झगड़ा नपरोस् आदिईत्यादि अनेक बहानामा जबरजस्ती सती पठाउन थालियो । नेपालकै एक उदाहरण हेरौं :
राजा रणबहादुर शाह आफ्नो भाई शेरबहादुरबाट काटिएपछि त्यो घटना भन्दा २/३ बर्ष अघि नै सिन्धुपाल्चोकको हेलम्बुमा स्वनिर्वासित भै दरबारको झैझगड़ाबाट टाढा रही शान्ति पूर्वक बसेकी जेठी महारानी राजराजेश्वरी देवीलाई सिपाही पठाई जबरजस्ती काठमाडौं ल्याइयो । किनकि राजा मारिएको बेला गिर्वाणयुद्ध विक्रम शाह डेढ़ बर्षको मात्र भएकोले उनको नायबी (संरक्षिका) हुने पहिलो हक तिनै जेठी महारानीको हुन्थ्यो ।
त्यसैले उनलाई मार्न जरूरी थियो । उनले म सती जान्न छोरो बालख छ त्यसको नायबीमा बस्छु भनेर जतिसुकै कराएपनि भीमसेन थापाले आगोमा हालेर मारेरै छोड़े । त्यसपछि माहिली रानी सुवर्ण प्रभाका आफ्नै छोराको हक खोसेर गिर्वाणलाई युवराज बनाईएको भएतापनि राजा गिर्वाणको नायबी गर्ने दोस्रो हक उनको थियो । त्सैयसैले उनलाई पनि भीमसेन थापाले कऱ्यापकुरूप पारेर आगोमा फालिदिए । यसरी सबै हकवाला महारानी र रानीहरूलाई आगोमा पोलेपछि राजा रणबहादुर शाहकी सबभन्दा कान्छी श्रीमती बनाईएकी भीमसेन थापाकी आफ्नै बहिनी ललिता त्रिपुरासुन्दरीलाई राजा गिर्वाण युद्ध विक्रम शाहको नायबी बनाई त्रिपुरासुन्दरी नमर्दासम्म पुरै ३२ बर्ष तक भीमसेन थापाले अकन्टक भै नेपालको प्रधानमन्त्री चलाए ।
जब त्रिपुरासुन्दरीको मृत्यु भयो, भीमसेन थापाको दूर्दिन सुरू भै हाल्यो । सुगौली सन्धि भैसकेको थियो । गिर्वाणका बालक छोरा राजा राजेन्द्र वीर विक्रम शाह जवान भएका थिए । बुढो भैसकेका भीमसेन थापाका शत्रुहरूले राजालाई कुरो लगाएर उनलाई झ्यालखानामा जाके । कालान्तरमा भीमसेन थापा जेलमा नै आत्महत्या गर्न बाध्य भए ।
सती प्रथाको अर्को उदाहरण हेरौँ:
तत्कालीन भारतको बंगालका सयौं राजा मध्य एक राजा राममोहन रायकी आफ्नै बैनीको लोग्ने टीबीको व्यथाले मरेपछि अंश दिन नपरोस् भनेर विधवालाई परिवार जनले जबरजस्ती सती हाल्न खोजे । विधवाले दाईलाई गुहारिन् । खबर पाउनासाथ राममोहन राय घोंड़ामा दौड़ेर मसान घाट पुग्दा बैनीलाई पोलेर मारीसकेका रैछन् । तब उनी सिधै कलकत्ता गएर अंग्रेजलाई स्थिति बताई उनकै प्रयासले भारतमा अंग्रेजले आफ्नो शासन क्षेत्रमा तत्कालै सती प्रथा बन्द गऱ्यो भने आफू अधीनस्थ राजाहरूलाई अनुरोध पठायो ।
ई.सन् १९११ मा भारतको राजधानी कलकत्ताबाट दिल्ली सार्दाको समारोहमा उपस्थित भएको नेपालको शासक श्री ३ चन्द्र शमशेर राणालाई पनि अंग्रेजले अनुरोध गरी पठायो । तर स्वदेश फर्केपछि चन्द्रशमशेर्ले त्यो बिर्से । ठिक त्यै दौरान उनकी आफ्नै तरूनी छोरी टी.बी. व्यथाले मरेको लोग्नेसँग सती जान पर्ने भयो त्यसलाई रोक्न चन्द्र शमशेरले तत्कालै हुकुम जारी गरी नेपालमा सधैँका लागि सती प्रथा बन्द भएको घोषणा गरीदिए ।
सती प्रथाका कहि नसक्नु अनेक रूप मध्य केही माथि उल्लेख गरिए । बाहुनले पनि आफ्नो शेषपछि आफ्ना श्रीमतीहरू अरू पुरूषका अंकशायिनी नबनुन भन्ने कुटिल चाल र अंशमा बाधा नपरोस् भन्ने हेतुले क्षेत्रीकै अनुशरण गरेर आफ्ना श्लारीमतीहरूलाईई पोल्न थालेका हुन् ।
यसरी हामी देख्छौं कि आफनी स्त्रीको सतित्व जोगाउने पुरूषको लालसा र कुटिल षडयन्त्रको कारण सुरू भएको सती प्रथाले कालान्तरमा मूख्यत: शासक क्षेत्रीहरूलाई र त्गयसैगरी बाहुनलाई अति नै पिरोलिरहेको थियो । त्यसकारण शासक जातिले सती प्रथा हटाएर आफ्ना श्रीमतीहरू स्थाईरूपले ज्यान संरक्षण गऱ्यो । अरू जातलाई सती प्रथाको कर थिएन । यदि अरू जातकी कुनै विधवा महिला; क्षेत्रिनी/बाहुनीको देखासिकी गरेर; स्वेच्छाले सती जान चाहिन् भने सरकारसँग सोधेर, हुकुम बक्स भएमा बल्लै सती जान पाउँथी । त्यो पनि श्री ३ चन्द्रशंशेरले सँधैका लागि सतिप्रथा बन्द गरि दिएपछि स्वतः हरायो l
सती प्रथा खासगरी क्षेत्री राजपूतहरूमा अनिवार्य थियो, त्यसपछि मात्रै बाहुनहरूमा थियो । वैश्य र शूद्रलाई अनिवार्य थिएन । उनीहरूका आईमाई आफ्नो स्वेच्छाले मात्रै कहिलेकाहीँ कतै कतै सती जान्थे, त्यो पनि क्षेत्री बाहुनको देखासिकी गरेर मात्र ।
त्यसकारण सती प्रथाबाट सर्वाधिक पीडित क्षेत्री र ठकुरी समाज थियो । उसको हातमा शासन थियो । त्यसैले उसले आफ्नो घरका श्लारीमतीलाई जोगाउन सती प्रथा बन्द गऱ्यो । तर..
छुवाछुत प्रथाले केवल कथित अछुतलाई मात्रै पीड़ामा पारेको छ । यस व्यवस्थाको कारणले शासन र आयआर्जनका श्रोत साधनमा दलितको भाग सबै क्षेत्री र बाहुनले बाँडीचुँडी खान पाएका छन् । त्यसैले क्षेत्री बाहुनले यो छुवाछुत प्रथा सती प्रथा जसरी आफ्नो पहल र प्मारयासमा कहिल्यै हटाउन चाहँदैनन् ।
लेखकका सन्दर्भमा - डिकबहादुर विश्वकर्मा (नेपाली दलित आन्दोलनका एक अथक योद्दा, विचारक, क्रान्तिकारी सोच भएका व्यक्ति हुनुहुन्छ l राष्ट्र बैंकका अवकाश प्राप्त म्यानेजर विश्वकर्मा हाल ७७ वर्षको हुनुभयो l उहाँका दुई कृतिहरू 'पूर्ण समानुपातिक नै किन ?' र 'दलित सङ्घर्षगाथा' प्रकाशित छन् l सार्वजनिक संजालमा आलोचनात्मक दृष्टिकोण सहित प्रस्तुत हुन् मन पराउने विश्वकर्माको लेखकीय नाम सङ्ग्रामसिंह हो l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l