गणतन्त्र दिवसको शुभकामना - सम्पादकीय

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । करिब तीन हजार वर्षदेखि नेपाली भूमिमा अभ्यास गरिएको राजतन्त्र र २३७ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ l जन्म श्रेष्ठता होइन कर्म श्रेष्ठतालाई आदर्श मान्ने गणतन्त्रमा राज्यको उच्चासनमा बस्ने अधिकार आम मान्छेको हक रहेको मानिने व्यवस्था हो l
नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक वढी भै सकेको छ। त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे। वि. सं. २०४७ सालबाट नेपाल संवैधानिक राजतन्त्रात्मक देश कायम भयो। लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आए सँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो।
नेपालको संविधान सभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २३७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्यो। त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्यो। वि.सं. २०७३ साल कात्तिक १२ गते श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष हुनुभयो।
तेस्रो राष्ट्राध्यक्षको रूपमा श्री रामचन्द्र पौडेल निर्वाचित हुनु भयो । वि.सं. २०७९ साल फागुन २९ गतेदेखि उहाँ नेपालको सम्माननीय राष्ट्रपति हुनुहुन्छ । वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ।
राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ। हाल गणतन्त्र १६ वर्ष पूरा गरेर १७ औँ वर्षमा प्रवेश गरेको छ l यस अवसरमा गणतान्त्रिक व्यवस्था प्राप्तिको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने समस्त ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्दन्जली व्यक्त गर्दै गणतन्त्रको लक्ष्यको खातिर योगदान गर्नुहुने सबैमा हार्दिक सम्मान व्यक्त गर्दछौं l
देशको उच्चाशासनमा जनताका छोराछोरी पुगेर शासन र आसन फेरिए पनि जनताको अवस्था फेरिएको छैन l अब गणतन्त्रको ध्यान जनताको जीवनशैलीमा तात्विक भिन्नता देखिने गरी सबैले अनुभूति गर्ने गरी गणतन्त्रको अभ्यास होस् भन्ने रहेको छ l
गणतन्त्र अझै अभ्यासमा रहेको कारण यो व्यवस्था जनमूखी र लोकतान्त्रिक हुन अझै बाँकी छ l यसका संचालकहरूको चरित्र र आचरण लोकतान्त्रिक गणतन्त्रको जस्तो हुन् सकिरहेको छैन l लोकतन्त्र व्यवहार, शैली,आचरण,अनुशासन र पद्धतिमा छिटो विकास होस् akabarey.com यही कामना गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछ l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...