केन्द्रीय कमिटिको बैठक लाइभ गर्ने निर्णयबाट माओवादी केन्द्र ब्याक भयो

माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको छ l
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको बताइएको छ l
केन्द्रीय समितिको एजेन्डालगायत विषयमा बैठक जारी रहेको र केन्द्रीय समिति बैठक दिउँसाे १ बजेपछि प्रज्ञा भवन कमलादीमा हुने एक केन्द्रीय सदस्यले akabarey.com लाई जानकारी दिएका छन् l कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेर आफू पुरिन खनेको सुनको खाल्डो बारे माओवादी पार्टी भित्र व्यापक विमर्श भयो र अन्त्यमा रणनीतिक महत्त्वको पार्टी केन्द्रीय कमिटिको बैठक लाइभ नगर्ने निष्कर्षमा माओवादी नेताहरू पुगे l केही नेतामा भने लाइभ गर्नु पर्छ भन्ने धारणा थियो l पार्टीको दूरगामी भविष्यको लागि यो निर्णय सही भएको माओवादी निकट बुद्दिजीवीहरूको मत रहेको पाइन्छ l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...