कोसीमा सभामुखको राजिनामा र उद्दव थापाको मुख्य मन्त्रीमा पुन दावी
कोसी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय दिएका छन्
प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन । मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने स्रोतको जानकारी रहेको छ l असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भएका थिए ।
सभामुखलाई राजीनामा गराएपछि उनको समर्थनमा थापाले पुनः मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन् । सभामुखबाट राजीनामा दिएकोले गौतम माओवादी केन्द्रको प्रदेशसभा सदस्यमात्र रहनेछन् ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई कांग्रेसको २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहने देखिन्छ l सभामुखलाई राजिनामा गराएर गरिने खेलले संवैधानिक सङ्कट निम्त्याउने र झेली खेल खेलेर दलहरूले लाज सरमको टुक्रो बाँकी नराख्ने भए भन्ने चिन्ताले वुद्दिजिवी आक्रोशित छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...