रवि लामिछानेद्वारा चितवनमा महिलाहरूको लागि निशुल्क निलो रङ्गको बस सेवा दिने घोषणा
१७, साउन, चितवन - क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुप्रै लोकप्रिय र आकर्षक कार्यक्रम घोषणा गरेका छन् l जस अनुसार:
महिला मात्र चढन पाउने ३२ सिटे निलो रङ्गको निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी लिइएको छ भने सो बसमा महिलाहरु मात्रै चढ्न पाउने छन् र उनीहरुले बसको भाडा तिर्नुपदैन ।भाडामा चल्ने बसको पुरानो स्वरुपको रंगलाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रङ्ग लगाइएको छ ।
प्राप्त जानकारी अनुसार हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गेरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर आउने छ ।भरतपुरको वाइपास रोड, सरकारी अस्पताल, चौविसकोठी पूल्चोक, पोखरा बसपार्क, देवघाट, ठिमुरा रामनगर, पोखरा बसपार्क, पुल्चोक शिवघाट, धर्मचोक चौविसकोठी, अस्पताल रोड, हाकिमचोक बसपार्क लगायतका क्षेत्रमा घुमिरहने व्यवस्था मिलाइएको छ l बस रातिमा शक्तिखोर नै जानेछ र बास बस्नेछ । बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड वितरण गरिने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने छ ।
बस भित्र आफ्ना गुनासा तथा सुझावहरु राख्न सुझाव पेटिका, सेनिटरी प्याड लगायतका सामग्रीहरु राखिनेछ । बसका सिट कभर घण्टी चिन्हसहितको निलो कपडाले बेरिएका छन् । बस भित्र रवि लामिछानेले गरेको अपिल बजिरहने व्यवस्था मिलाइएको छ । अहिले हाल एउटा मात्रै बस चलाएर परीक्षण गर्ने र पछि आवश्यकता अनुसार बसहरु थप्दै लैजाने योजना रहेको सांसद लामिछानेले बताएका छन् ।
क्षेत्र नं. २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् l
लामिछाने निर्वाचन जितेको १०० दिनको अवसरमा गरिब तथा विपन्न नागरिकका लागि ५ लाख बरावरको स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धा र अशक्तलाई घरमा नै गएर स्वास्थ्य जाँच गर्ने एक भ्यानसहितको चिकित्सकीय टोली पनि बनाएका छन् ।
एक जना एमबीबीएस चिकित्सकसहितको यस्तो टोलीले हरेक दिन विभिन्न टोलमा पुगेर स्वास्थ्य जाँच पुग्ने अस्पतालसम्म लैजानका लागि सहयोग गर्ने तथा आवश्यक स्वास्थ्य सल्लाहसमेत दिने लामिछानेले बताए । विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू सुनाए ।
रोजगारीको लागि विभिन्न निजी संघसंस्थाहरुसँग कर्मचारी आवश्यकताको माग मागेर त्यसलाई सार्वजनिक गरिएको छ । अहिले एक सय जनालाई विभिन्न संस्थामा रोजगारी दिने भनेर उनले विज्ञापन गरेका छन् । विभिन्न स्वदेशी तथा विदेशी पत्रिकामा विज्ञापन दिएको दावी गरेका लामिछानेले उनीहरुलाई निःशुल्क रुपमा नेपाल ल्याएर मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलव दिने घोषणामा उल्लेख छ ।
कालिका नगरपालिकाको चर्तुमुखी मावि र भरतपुर १ को रामनगर माविको कक्षा ११ र १२ लाई नमूना विद्यालय बनाउने कार्यक्रम पनि उनले घोषणा गरेका छन् । यी विद्यालयमा पढ्ने विद्यार्थीलाई काठमाडौंको बूढानीलकण्ठ र पोखराको गण्डकी बोर्डिङमा पढ्नेसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउने लक्ष्य आफूले लिएको लामिछाने बताए । उनले पछि थप १ विद्यालय पनि थपिने बताउँदै अहिले ११ र १२ कक्षाबाट सुरु भए पनि पछि त्यसलाई कक्षा १०, ९, ८ गर्दै कक्षा १ सम्म ल्याउने बताए ।
रविको निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालय (१–७)को स्तरोन्नति गर्ने र कक्षा १२ सम्म आवासीय विद्यालय सञ्चालन बताइएको छ ।
आफूले उपनिर्वाचनमा प्राप्त ५४ हजार १७६ मतलाई बिम्ब बनाएर सोहीबराबरको वृक्षरोपण गर्ने कार्यक्रम पनि आएको छ l हरेक चार महिनामा विभिन्न सरोकारवालाहरुलाई राखेर सार्वजनिक सुनुवाई गर्ने र पहिलोपटक भदौ १० गते यस्तो कार्यक्रम राखिएको लामिछानले जानकारी दिए ।
akabarey.com ले लिएको जनमत अनुसार टिप्पणी : रवि लामिछानेद्वारा घोषित कार्यको कार्यन्वयन, खर्च व्यवस्थापन र पारदर्शिता चुनौतिपूर्ण रहेको देखिन्छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...