मैले खुदै आफैले फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाणित भए म राजनीति छोडिदिन्छु - रवि लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए ।
उनले भने, ‘माननीय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’
संसदीय समिति सामान्य कुरा हो । त्यो भन्दा पहिला म सदनमा बोल्न पाउनुपर्छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरे । उनले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ? यसको जबाफ रवि लामिछानेले पुन फेस बुकबाट दिएर गगनलाई च्यालेन्ज गरेका छन् l
उनले लेखेका छन् : 'तपाईहरूलाई केवल मलाई बदनाम गराउनु छ । हेक्क राख्नुस l यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ । म माथि लागेका संघिन आरोपहरू बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने ? अझ डारायो भन्ने ? यही हो कांग्रेसको लोकलन्त्र ??
अगाडि बोलेका कुराहरू दोहोर्याउदै रविले पार्टीका साथीभाइलाई आश्वस्त पार्न लेखेका छन् : प्रिय रास्वपाका परिवारका साथीहरू, शिर ठाडो राख्नु होला l तपाईको सभापतिले आजसम्म कसैलाई ठगेको छैन l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...