भाटभटेनीका मालिकद्बावारा बाल अस्पताल निर्माणको लागि ४१ करोड रकम (दान) सहयोग घोषणा

काठमाडौँ
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई ४१ करोड रुपैयाँ दान सहयोगको घोषणा गरेका छन् । जुन सहयोग नेपालमा दाताले गरेको आजसम्समकै बैभन्दा ठुलो सामाजिक सेवाको कार्य भएको चर्चा भैरहेको छ l
भाटभटेनी सुपरमार्केटले ‘एक स्वस्थ भविष्यको निर्माणमा हाम्रो सहयोग’ भन्दै यसबारे घोषणा गरेको हो ; सुपरमार्केटले सामाजिक सञ्जालमा उल्लेख गरेको छ : ‘हाम्रो भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ ।’ यसरी एक सफल व्यवसायीले सामाजिक कार्यको लागि अस्पतालजस्तो जनताको जीवनको महत्वपूर्ण पक्ष स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको लागि यतिधेरै रकम सहयोग गर्न लागेका छन् ;
डा. भगवान कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने उदेश्य घोषित र निर्धारित छ ।
काठमाडौँको हेपाली हाइटमा निर्माण गरिने बाल अस्पतालको एउटा पुरै ब्लक निर्माण गुरुङले निर्माण गरिदिने जानकारी दिइएको छ l
विश्वभरि नै प्राकृतिक विपत्तिको बेला दुर्भाग्यवश यस्तो हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।