स्ट्रिङ्ग अप्रेसनको अडियो रेकर्ड गर्ने युवाको पीडादायी कथा

स्ट्रिङ्ग अप्रेसनको अडियो रेकर्ड गर्ने युवाको पीडादायी कथा अधिवक्ता - स्वागत नेपाल
एउटा नवयुवा नेपालमै केही गर्छु भनेर कम्पनी दर्ता गर्न खोज्छ, दर्ता गर्दा प्रमाण पत्र लिन समेत घुस मागिन्छ l अलिकति जग्गा किनेर बेचेर नाफा कमाउन खोज्छ, सबै राजश्व तिरिसकेर पनि जग्गाधनी दर्ता प्रमाण पूर्जा माग्दा समेत घुस कै कुरामा काम बन्दैन l
एउटा सानो सवारी साधन किनेर सब्जी ओसार्ने आदि काम गर्न खोज्छ, सवारी साधनको पैसा तिरिसकेर राजश्व तिर्दा समेत आफ्नो सवारी साधनको ब्लुबुक आदि कागजपत्र लिन खोज्दा पनि घुस कै कुरा अघि आउँछ l आफूलाई अरूले दिएका चेक नसाटिएपछि अन्यायमा परेर न्याय खोज्न प्रहरीकहाँ कम्प्लेन गर्न जाँदा प्रहरीले पनि रकम उठाइदिन उल्टै घुसकै कुरा गर्छन् l
यी सब कुरा र घुस्याहाका रवैयाले जताततैबाट वाक्क दिक्क भएका ती युवाले अब सबै काम कानुन बमोजिम गर्न पनि घुस मागेर आफूलाई दिक्क बनाउने, मेरो काम किन नगरिदिनु भएको भनेर सोद्धा पनि आफूलाई अपमानित गर्ने ती सबै प्रहरी र कर्मचारीहरूलाई कसरी तह लगाउने र जिम्मेवार नागरिकको कर्तव्य पनि पूरा गर्ने भनेर सोच्न थाल्छन् l
पटक पटक आफूलाई अपमानित गरेको र घुस खुवाउने पैसा नभएकै कारणले आफ्नो काम नभएको हुँदा उनको मनमा गहिरो चोट पर्छ । अनि उनले तत्कालीन एउटा कानुनी प्रक्रिया बारे थाहा पाउँछन् र त्यसरी आफूलाई भुक्तमान बनाउने प्रहरीदेखि कर्मचारीसम्मलाई ठेगान लगाउने तरिका अपनाउँछन् । उनले थाहा पाएको त्यो तत्कालीन कानुनी प्रक्रिया ती कर्मचारी र प्रहरीहरूलाई ठाउँको ठाउँ रङ्गे हात पक्राउ गरेर हातमा हत्कडी लगाउने थियो । त्यसका लागि उनले आफूसँग घुस माग्नेहरूलाई पैसा दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै रकम ल्याएर घुस माग्नेलाई दिँदै गर्न थाले र रङ्गे हात पक्राउ गराउन थाले । यस बिचमा उनले दर्जनौं त्यस्ता घुस माग्नेहरूलाई पक्राउ गराए ।
उनले त्यसरी पक्राउ गराउँदा घुस खुवाउने पैसा नभएको कारण आफ्नो काम नभएको पीडाको मल्हम पट्टी प्राप्त भएजस्तो लाग्थ्यो । उनी धेरै पटक रोएका छन् । धेरै पटक आफू निख्रिएको महशुस गरेका छन् l छोरा विरामी भएर उपचार गर्ने पैसा नहुँदा पनि आफूले गर्न खोजेको कामको व्यवसायिक प्रमाण पत्र पाउन समेत घुस खुवाउनु पर्ने बाध्यताको पीडाले उनलाई विद्रोही बनाएको थियो । त्यो विद्रोह उनको त्यसरी घुस खाने र अन्य भ्रष्टाचार गर्नेलाई जेल र हिरासतको चिसो हावा खुवाउने प्रक्रियाबाट बदलाको रूपमा परिणत भयो ।
यो कुनै फिल्मको काहनीभन्दा कम छैन,तर सत्य हो । एउटा नागरिकले पाएको दुखको साविती हो l उनकै मुखबाट मैले सुनेको कुरा यहाँ उल्लेख गर्दैछु । उनले नै हो सीधा कुरामा प्रशारण भएको अडियो रेकर्ड गर्नुभएको । उनले मलाई आफ्नो कथा सुनाउँदा छोराको अवस्था सुनाउँदा झण्डै मेरो पनि आँखाबाट आँसु आयो ।
मैले एउटा यस्तै समाचार नेपाल समाचार पत्रमा अन्तराष्ट्रिय सञ्चार संस्था एएफपिको अंगे्रजीबाट नेपालीमा अनुवाद गर्ने जागिर खाँदा अनुवाद गरेर अन्तराष्ट्रिय पेजमा प्रकाशित भएको सम्झना भयो ।
उनी हुन् राजकुमार तिमल्सिना, उनले नै अहिलेको चर्चित अडियो स्ट्रिङ्ग अपरेसन भनिएको सिधा कुराको अडियो रिकर्ड गरी मिडियालाई उपलब्ध गराएका थिए । उनलाई सर्वोच्च अदालतले समाचार स्रोतको रूपमा बयानका लागि आइतबार उपस्थित हुनु भनी म्याद जारी गरेको छ ।
आइतबार उनकोको बयान लिइने छ । उनको बयान जस्ताको तस्तै आउने हो भने सारा नेपालीको लागि रुवाउने कथा हुनेछ । यस्तो घटना अन्य देशमा हुने हो भने वीवीसी, सिएनएनको समाचारको स्टोरी बन्ने थियो । उनको बयान उनकको जीवनको सत्यतथ्य कथाका रूपमा नाथुराम गोडसेले अदालतमा दिएको बयानजस्तो सत्य बयान बन्न सकोस् । अहिलेसम्म यसरी आफूले स्ट्रिङ्ग अपरेसन गराएर आफैँले जाहेरी दिएर चलेका मुद्दा १३ वटा छन् । १३ मुद्दामा उनीसँग घुस मागिएको थियो ।
यो पीडाको कथा सुनेर नै म लगायत हाम्रो समूहले उहाँको पक्षमा मुद्दामा बहस पैरवी गरिदिने निर्णय गरेका हौं ।
स्मरणीय : (समाज, देश र पत्रकारिता अनि आम मान्छेको लागि लाभदायी हुने देखेर अधिवक्ता स्वागत नेपालले आफ्नो फेस बुकमा राख्नु भएको यो सामग्री हामीले उहाँको स्वीकृतिमा akabarey.com मा राखेका छौं l विषय र प्रसङ्गको मूल्याङ्कन, विश्लेषण हुँदै जाला l ) सम्पादक
फोटोमा अधिवक्ता नेपाल र स्ट्रिङ्ग अप्रेसनकर्ता राजकुमार तिमिल्सिना
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l