वैकल्पिक शक्ति निर्माणको अभियान बारे दलित अभियन्ताहरूको संयुक्त बैठक सम्पन्न
जातीय मुक्तिका लागि आआफ्नो ठाउँबाट कृयाशील दलित अभियन्ताहरूको संयुक्त बैठक काठमाण्डौमा सम्पन्न भएको छ । दक्षिण अफ्रिकाका लागि नेपालका पूर्वराजदूत डा. निर्मल विश्वकर्माको संयोजनमा बैठकको आयोजना गरिएको हो l उक्त बैठकमा दलित समुदायको वैकल्पिक शक्ति निर्माण बेगर जातीय मुक्ति सम्भव नहुने विचार राख्ने अभियन्ताहरू डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, खगेन्द्र सुनार, कर्ण विश्वकर्मा, राजेश नेपाली, र नरेन्द्र पासवानको उपस्थिति रहेको थियो ।
सो बैठकमा दलित मुक्तिका लागि अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थिति, वर्तमान राज्य सत्ता,राजनीतिक पार्टीहरूको चरित्र, विद्यमान सामाजिक अन्तरद्धन्द, दलित मुक्ति आन्दोलनको अवस्था, दलित समुदायको वैकल्पिक र एकीकृत शक्ति निर्माणको सम्भावना, दलित मुक्ती आन्दोलनमा गैर दलितको भूमिका आदि पक्षमा व्यापक र विस्तृतरूपमा छलफल भएको सामाजिक अभियन्ता डा. निर्मल विश्वकर्माले बताएका छन् l
सो बैठकले नेपालका कम्युनिस्ट पार्टीहरूको वर्गीय मूक्तिका नारा दिएर दलित समुदायमाथि जहिले पनि षडयन्त्र गरेको तथ्यमा सहमति जनाएको छ ।
२०७४ सालमा कम्युनिस्ट पार्टी नेकपाको सरकार बन्दा दलित विकास खारेज गरेको, रुकुममा नवराज विकलगायत छ जना युवाको सामुहिक र पाशविक हत्या भएको, ९३०० कर्मचारी भर्ना गर्दा आरक्षण हटाएको, कम्युनिस्ट नेतृत्वले जहिले पनि यो समुदायको मानमर्दन गर्ने गरेको, वर्तमान सरकार निर्माण हुँदा १४ प्रतिशत जनसङ्ख्या ओगटेको यो समुदायको प्रतिनिधित्व विहीन बनाइ, निषेधको राजनीति गरी सिङ्गो समुदायलाई अपमान गरेकोले यिनीहरूको यो नियत र रवैयाप्रति खेद व्यक्त गर्दै दलित र न्यायप्रेमी समुदाय सचेत हुनु पर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।
वर्तमान राज्य सत्ता र राजनीतिक पार्टीहरू दलित समुदायप्रति पुर्वाग्रही भएकोले वैकल्पिक शक्ति बिना दलित समुदायको मुक्ति सम्भव नदेखिने यर्थाततामा सबैको एकमत रहेको छ । सो बैठकले दीर्घकालीन जातीय मुक्तिका लागि नेपाली समाजको एतिहासिक परिवेश, जातीय संरचना, अन्तर्द्वन्द्ध र अन्तरसंघर्षमा आधारित वैकल्पिक विचारको आवश्यकता, सम्भावना र चुनौतीका बारेमा, विस्तृत छलफल गरेको सहभागीहरूले वताएका छन ।
अहिले जातीय मुक्तिका लागि उभारमा आएका वैकल्पिक दलित आन्दोलनलाई एकीकृत गरेर लैजाने, वैकल्पिक विचार र शक्ति निर्माण गर्ने, सहकार्य र गठवन्धन निर्माण गरेर अगाडि बढने, हाललाई एउटा संस्थाले संचालन गरेको अभियानलाई अर्को संस्थाले सहयोग र समर्थन गर्ने कुरामा सहमति भएको दलित अभियन्ता कर्ण विश्वकर्माले जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...