'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित
काठमाडौँ, चैत २९
'दलितका लागि दलित अभियान नेपाल'का संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । लामो समयदेखि दलित समुदायको हितमा क्रियाशील सुनार 'नेशनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० 'बाट सम्मानित भएका हुन ।
नेशनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० ' मा भनिएको छ : 'अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आउनुभएको छ, जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गर्नुभएको छ, समुदाय प्रति यहाँको प्रतिबद्धताको कदर गर्दै समाजसेवी, साहसी युवा अवार्डबाट सम्मानित गर्दछौं l' सम्मान पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौमा आयोजित एक विशेष समारोहका बीच प्रतिनिधि-सभाका उपसभामुख इन्दिरा रानाले खगेन्द्र सुनार लगायत केही सामाजिक अगुवाहरूलाई सम्मान गरेकी हुन् l
खगेन्द्र सुनारले दलित आन्दोलनलाई नयाँ शिराबाट उठाउन महत्वपूर्ण योगदान पुर्याईरहेका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...