सर्वोच्च अदालतले अन्तराष्ट्रिय सम्मेलन बदर गरेको निर्णयको गैर आवासीय नेपाली सङ्घ अमेरिकाको स्वागत
सुर्य लम्सालको नेतृत्वमा रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गत हप्ता नेपालको सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दशौं अन्तराष्ट्रिय सम्मेलन बदर गरि ऊच्चस्तरिय कमिटी निर्धारण गरेको निर्णयलाई स्वागत गर्दै एक प्रेश विज्ञप्ति जारी गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाको अप्रिल ८, सोमवार बसेको बिशेष बोर्ड बैठकले अनुमोदन गरे अनुसार नेपालको सर्वोच्च अदालतद्वारा गठित डा. शेष घले नेतृत्वको १३ सदस्सीय उच्च स्तरीय कमिटीको निर्देशन र कार्यविधि अनुसार संस्थाले काम गर्ने तर हाल ऊक्त निर्देशन नआईसकेकोले अमेरिकाको कानुन र संस्थाको विधान अनुसार सङ्कोघको काम कारबाही सुचारु रुपले संचालन गरिरहने र सङ्घको नियमित खर्च बाहेक सङ्लाघई ठुलो आर्थिक भार पर्ने कुनै पनि नयाँ काम नगर्ने कुरा विज्ञप्तिमा ऊल्लेख छ। विज्ञप्तिमा भनिएको छ कि गैर आवासीय नेपाली सङ्घ गैर आवासीय नेपालको सर्वोच्च अदालतको यो निर्णयलाई अमेरिका र विश्वकै एनआरएन अभियानबाट टाढिएकालाई लाई पुन जोड्ने एक अवसरको रूपमामा लिदैं अहिलेसम्म संस्थामा नजोडिएका एनआरएनहरूलाई जोडदै अब सबैको साझा संस्थाको रूपमाआबद्द गराऊन पहल गर्नेछ ।
सङ्घले अदालतको यो निर्णयबाट अब सबै एनआरएनहरू एकै ठाउँमा आई सङ्घका साझा ऊदेश्यहरूमा केन्द्रित हुन मद्दत पुग्ने आशा पनि व्यक्त गरेको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...