दलितलाई शासन सत्तामा अंशभाग,समस्या र निदान - डिकबहादुर विश्वकर्मा

दलितलाई छिटो भन्दा छिटो शासनसत्तामा आफ्नो पुरा अंश भाग लिएर सहभागी भइहाल्न हाल्नु परेको छ । किनकि जमाना एक्काईसौं शताब्दिको छ भने दलित भन्दा १ % कम जनसङ्ख्या भएको बाहुनले देश र समाज हाँकेर एकछत्र रजाइँ गरिरहेको छ । शासनसत्तामा जनसांख्सयिक अनुपातमा सहभागिता सहित दली माथि हुने छुवाछुत हेलाहोचो, अन्याय अत्याचार शोषण र दमनको अन्त्य गर्नुछ l
नीतिहरू मध्य राजनीति सधैँ सर्वोपरि रहेको हुन्छ । राजनीति भनेकै शासन सत्ता प्राप्तिको उत्तम मार्ग हो । जसले शासनमा पकड़ राख्छ, उसले मात्रै आफ्नो कुरा देश र समाजमा लागु गर्न/गराउन सक्छ, नत्र सक्दैन l त्यसैले शासन सत्ताको रहर जाग्नु अनौठो मानिन्न l
अहिले बाहुनले क्षेत्रीलाई समेत हचेटेर पाखा लगाउदै शासनमा एकछत्र हालीमुहाली कायम राखेको अवस्था छ । नेपालका थुप्रै आधिकारिक तथ्य र व्यवहारिक अनुभवले नेपालको राज्यसत्ताको विभिन्न अवयवमा बाहुनहरूको एकाधिकार, हालीमुहाली र एकछत्र डाडुपन्यु दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ l हामीलाई आफ्नो हकहिस्सा हात नपारी भएको छैन भने अर्कौ तिर हामीलाई आफैले कुकुर भन्दा तल्लोस्तरको अछुती बनाएर राखेको बाहुनले अहिले सजिलै हाम्रो अंश भाग दिनेवाला पनि छैन । त्यस अवस्थामा हामीले बलिदानी संघर्ष नगरी नहुने निश्चित छ ।
अर्को कुरो बाहुनलाई हाम्रो हकहिस्सा छोड़न बाध्य पार्न हामी एक्लैले सक्ने कुरै छैन,सजिलोसँग सक्तैनौ । त्यसको लागि हामीले बाहुनको प्रताडना सहेका अन्य समुदाय मङ्गोल र क्षेत्रीहरूको पनि साथसहयोग लिन जरूरी छ । उनीहरूको साथ लिँदा उनीहरूको पनि हकहिस्साको ग्यारेण्टी हुनुपर्दछ । ताकि उनीहरू पनि आफ्नो अधिकार र बढ्ने र बाहुनको वर्चस्व खोसिने खुशीमा आन्दोलनमा सरिक बन्न सकून l
सबैको हकहिस्सा छुट्याउन खुद बाहुनकै पनि हकहिस्सा छुट्याउनु पऱ्यो । त्यति गरेपछि बल्ल अहिलेको शक्तीशाली बाहुन ठेगान लाग्छ । यस कुरामा क्षेत्रीले पनि दलितलाई साथ दिन्छ । किनकि सबैभन्दा बढी जनसंख्या (१६%) भएको क्षेत्रीलाई अहिले बाहुनले `खसआर्य' मा गाभेर सबै भाग आफैले खाएर ठग्नुसम्म ठगेको छ र उल्टै सय बर्षको बुढ़ो क्षत्रीलाई पनि दश बर्षको बालक बाहुनले खुट्टैमा ढोगाएर अवैतनिक दासी बनाइ राखेको छ l आफू भन्दा तल्लो जात भनेर उपेक्षा गरेको छ ।
हाम्रो यो अंशबण्डाको अभियानमा क्षेत्रीले पक्कै हामीलाई साथ दिनेछ । यसैलाई भनिन्छ पूर्णसमानुपातिक ! देशमा रहेका सबैको जात अनुसारको जनसांख्यिक प्रतिशतको हिस्सा छुट्याएर राज्य संयन्त्रका सबै अवयवमा पूर्ण समानुपातिक प्रणाली लागु गर्नु नै सबैलाई अवसरको ढोका समानुपातिक रूपमा बाँड्नु र न्यायिक समतामूलक समाज निर्माण गर्नु हो l
यो बाहेक अहिलेको शक्ति सम्पन्न ( वर्चस्वशाली) बाहुनलाई बन्धन/बाध्यतामा पार्ने अर्को बाटो हुनै सक्दैन ।
यस्तो बाटोमा न त हाम्रा आम दलित जनताले सोंच्न सकेकाछन्, न त आहुति, डा. मित्र परियारलगायतका कुनै पनि नेता अभियन्ताले नै सोंचेका छन् ? भन्न त प्राय: सबै जसोले `समानुपातिक र पूर्णसमानुपातिक ' भन्ने शब्द बेलाबखतमा उच्चारण गरेको सुनिन्छ । तर..व्याहारिक र उचित दृष्टिकोण सहित जनसख्याको अनुपातमा भनेको सुनिन्न l त्यो लागु कसरी गर्ने त ? भन्ने बारे मैले झैं प्रष्ट विचार कसैले राखेको देखिन्न । किन राख्दैनन् त ? किनकि त्यो सम्पादन गर्न भिडन्तमा जसरी नि जानै पर्ने हुन्छ l भिडन्त र सङ्घर्षको बाटो नरोजे सुखै छैन, जब कि माथि उल्लिखित लगायत अहिलेका प्राय: सबै दलित नेता बाहुनसँग भिडन्त गर्न थरथर काँपी रहेका देखिन्छन् । कसैले पनि लडने ह्याउ देखाउन सकेका छैनन् l
प्राय: नेताहरू ४० बर्ष अघि बोलिने वाक्यांश `सुधारिएको पञ्चायती प्रजातन्त्र' भनिए जस्तै `सुधारिएको हिन्दु समाज'मै झगड़ा नगरीकन बस्ने तथा बाहुनको मन पगालेर बाहुन र डोम चमार बराबर गराउने सपना दलित जनतामा बाँडिरहेका देखिन्छन् ! जो कि पूर्णतया असम्भव बाटो हो भन्नेमा म ढुक्कै छु । यसमा दुई मत छैन l
दलित प्रति प्रकारान्तरले देशैभरी दिनहुँ हमला जो भैरहेका छन् तीनको तत्कालै प्रतिरोध, प्रतिकार गर्नु र गरिनु जमानाको माग छ । त्यसो गर्न स्थानीय दलितको वशको कुरा छैन । किनकि:
एक त तिनीहरूमा पीड़कसँग भिड़ने चेतना छैन भने अर्को तिर सामर्थ्य त्यो रूपमा विकास गरिसकेका छैनन् l दलितहरू संगठित व़ा एकत्रित छैनन् । आ आफ्नो सानो दोकान चलाएर बसेका छन् l एकतावद्द दलित आन्दोलनको नेतृत्व र साझा नीति र कार्यक्रम बनाएका छैनन् l सङ्गठन र एकतावद्द स्वर, साझा नीति र कार्यक्रम बिना जब्बर शक्तिसँग लडन सहज हुँदैन l दलित नेताहरू, अभियन्ताहरू बरू उल्टै बिष्ट बराजुको आज्ञाकारी भएर बसेका छन् ! भाग पाउला भन्ने आसमा भएजस्तो लाग्छ l
दलितहरूको यो कमजोरी राम्ररी जानेको हिन्दु शासक र शासनले पीड़ककै पक्षपोषण गरेर, दलितलाई अन्याय पर्दा पनि सकेसम्म जाहेरी दर्ता नै गर्दैन । यदि कतैको दबाबमा परेर दर्ता गऱ्यो भने पनि कारबाहीमा ढिलासुस्ती, मुद्दा कमजोर पार्ने खेल गर्दै हिन्दु मनस्थितिका प्रहरीदेखि अदालतसम्म यो कुरोमा हरदम चनाखो रहन्छ कि भलै पीडितलाई मर्कै परोस् ? तर पीड़क सवर्णलाई ठुलो सजाय हुन नपाओस भन्नेमा सचेत र एकतावद्द रहन्छन् । यस अवस्थामा पीडित दलित आफै मर्कामा पर्नु स्वाभाविकै हुन्छ । यस्तो बेला उसको लागि शासनको माथिल्लो निकायसम्म यो कुरो पुऱ्याई पीड़कलाई हदैसम्मको कानुनी कारबाई गरी भारी सजाय गराउनु अति आवश्यक हुन्छ ।
यदि एकठाउँमा त्यसोगर्न सकियोभने त्यसले देशैभरिका पीडक पक्ष थर्कन्छन् । जस्तै:- अहिले खगेन्द्र सुनारको अगुवाइमा सुदूरपश्चिममा चलेको दलित आन्दोलनको प्रभावले रूकुम नरसंहारका नवराज विकहरूको केशले जो न्याय पायो त्यसले नेपाल भरिका पीडकलाई थर्कायो । मनोवैज्ञानिक दवाब पुग्यो l यस्तो अभियान निरन्तर र एकतावद्द भएर देशभर जारी रहनुपर्छ । मनोवैज्ञानिक पक्ष बलियो बनाउनु र मनोवैज्ञानिक रूपमा दवाब दिनुले पनि सङ्घर्ष र न्यायको आवाजलाई भरपूर सहयोग गर्दछ l
माथि वर्णित विषय नेपाली दलितका मुख्य समस्या हुन् । ती समस्यामा एकमुष्ट लड्नुपर्छ । त्यसको लागि दलितको केन्द्रीय स्तरमा एउटा स्वतन्त्र, निष्पक्ष, निडर र दह्रो संगठनको नितान्त खाँचो छ । तर.. अहिलेका दलित नेताहरू `बलिदानी स्वाभाव' को सट्टा `बचेर जाने' स्वाभावको मात्रै देखिन्छ त्यसैले उनीहरूलगायत आम दलितलाई जगाउन, सचेत गराउन मैले खुलेआम चुनौति दिने गरेको छु ।
(१) दलितलाई शासनसत्तामा पुरा अंशभाग कसरी दिलाउने ?
(२) ऐले भैरहेको दलित दमनको तत्कालै गर्नुपर्ने प्रतिकार र रोकथाम कसरी गर्ने ?
यी दुईटा कुराको बुँदागत उत्तर यसै स्तम्भ मार्फत् अपेक्षा गर्दछु । मेरो विचारमा अबका दलितको प्रमूख समस्या भनेको यत्ति दुईटा कुरा मात्रै हुन् l
लेखकका सन्दर्भमा - डिकबहादुर विश्वकर्मा ( नेपाली दलित आन्दोलनका एक अथक योद्दा, विचारक, क्रान्तिकारी सोच भएका व्यक्ति हुन् l राष्ट्र बैंकका अवकाश प्राप्त म्यानेजर विश्वकर्मा हाल ७७ वर्षका भए l उनका दुई कृतिहरू 'पूर्ण समानुपातिक नै किन ?' र 'दलित सङ्घर्षगाथा' प्रकाशित छन् l सार्वजनिक संजालमा आलोचनात्मक दृष्टिकोण सहित प्रस्तुत हुन् मन पराउँछन् l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”