पोखरामा अचम्मको बस दुर्घटना,बस बिच सडकमा ठिङ्ग उभियो
काठमाडौं, चैत १७
सडक बिचमा एउटा बसको ठडिएको तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ l यो कुनै फोटो एनिमेसन नभएर अचम्मको बस् दुर्घटना हो l दुर्घटना भएको बस् सडकमा ठाडै उभिएको यस अघि यस्तो कहिल्यै देखिएको थिएन l यसबारे कौतुहल हुनु स्वाभाविक नै हो l उक्त बसमा कति यात्रु थिए होला र यात्रुको अवस्था कस्तो भयो होला आम मान्छेको मनमा प्रश्नहरू छन् l
बस पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना भएको हो र बस लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको हो ।बसमा यात्रु नभएको र दुई स्टाफ मात्र भएको जानकारी प्राप्त भएको छ l बसको फोटो खिच्ने र भिडियो बनाएर सार्वजनिक संजालमा पोष्ट गर्नेको घुइँचो लागेको छ l ठडिएको बसको तस्बिर र भिडियो अहिले भाइरल बनिरहेको छ l
दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । बसमा अन्य यात्रुहरू कोही पनि नरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ l
तस्बिर सामाजिक संजालमा भाइरल छ l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...