'लायन्स ३२५ आर'को कन्भेन्सन चितवनमा हुने

काठमाण्डौं
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर को दोस्रो डिष्ट्रिक्ट कन्भेन्सन यही चैत्र २४ गते चितवनको भरतपुरमा हुने भएको छ । डिष्ट्रिक्ट गभर्नर आर.एस. महतोका अनुसार अधिवेशनले लायन बर्ष २०२४ । २०२५ का लागि नयाँ नेतृत्व छान्नेछ । लायन्स क्लव इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नरको पदावधि एक वर्षको मात्र हुन्छ ।
नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा एक जना मात्र आकाँक्षी भएपनि एस भोट लिनुपर्ने प्राबधान छ । अधिवेशनले आगामी बर्षका लागि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गर्नेछ । तर, न्यौपानेले एस भोट भने लिनुपर्ने व्यवस्था छ । त्यसैगरी फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज सापकोटाले पनि एस भोट लिनुपर्ने छ ।
सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरका लागि विभिन्न आकाँक्षी रहेका छन् । अधिवेशनले सेकेण्ड डिष्ट्रिक्ट गभर्नरको निर्वाचनपनि सम्पन्न गर्नेछ । डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न गर्न कन्भेनर दुर्गालक्ष्मी श्रेष्ठको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको छ ।
समितिहरूले विभिन्न चरणमा बैठक सम्पन्न गरी भव्य तयारी गरिरहेको कन्भेनर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार डिष्ट्रिक्टका १ सय ६६ क्लबका एक हजार पाँच सय जनाको सहभागिता रहनेछ । डिष्ट्रिक्ट आरमा काठमाण्डौं, ललितपुर, चितवन र नवलपुर पूर्वका करिव ४ हजार लायन सदस्य रहेका छन् ।
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...