११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना !

विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । यो वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।
महिला हक, अधिकार, सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई नारीका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय नारी दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले औपचारिक र आधिकारिक मान्यता पाएको हो ।
श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय नारी दिवसको मान्यता दिएको थियो । लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा र्याली जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने कार्यक्रम छ l
समस्त नारी पुरुषलाई akabarey.com ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दछ l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...