रास्वपाको बटम लाइन गृह,नेतृत्व रविकै रहने दावी
काठमाडौं, फाल्गुन २२
नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले जानकारी गराएका छन् ।
गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’गृह मन्त्रालयको नेतृत्व गर्ने पनि रवि लामिछाने नै हुन् रास्वपा स्रोतको जिकिर छ l रवि आफ्नो विविध किसिमको मुद्दा सेटलमेन्टको लागि सरकारमा गएका हुन् l
गृह रविलाई दिँदा सत्तारुढ दललाई नै अप्ठ्यारो पार्ने गरी स्टन्ट गर्ने रविको उदेश्य हुनसक्ने कारण पनि सकभर गृह रास्वपालाई नदिने बरू अर्थ मन्त्रालय दिएर भए पनि थामथुम पार्न सकिने र रास्वपा भित्र खेल्न सकिने एमाले माओवादीको मनसाय देखिन्छ l
फाइल फोटोको प्रयोग ( akabarey.com )
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...