छोरा भेट्न नदिएपछि भारती मानन्धरले औषधीको ओभरडोज लिएर आत्महत्याको प्रयास

नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेको खबर प्राप्त भएको छ l भारतीले मङ्गलबार विष सेवन गरेको पाइएको बाँके प्रहरीले जानकारी दिएको छ l
बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा भारती मानन्धरले लगेको खाजा स्वीकार गर्न नसकिने भन्दै छोरा पढने स्कुलले खाजा फिर्ता पठाइदिए पछि भारतीले आवेशमा आएर उक्त कार्य गरेको थाहा भएको छ । यसअघि पनि भारतीले खाजा लगिदिने गरेको भएपनि विद्यालयले थाहा नपाएको र मंगलबार थाहा पाएपछि खाजा फिर्ता पठाइदिएको स्थानीय सञ्चारकर्मी ठकुरीले बताए भनेर रातोपाटीले खबर लेखेको छ l
प्रारम्भमा बेहोस् भएकोले विष भनिएपनि भारतीले औसधिको ओभरडोज लिएको बताइन्छ l
आफ्नो छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको भेरी अस्पतालमा उपचार हुँदै गरेको छ । उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले उल्लेख गरेको छ l
समाचार स्रोत नै फोटो स्रोत भएको जानकारी गराइन्छ l यो सामग्रीको लागि सम्बद्द पक्ष धन्यवादको पात्र छ l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।