डाक्टर शशांक कोइरालाको चियापान
काठमाडौँ, फाल्गुन १२
नेपाली कांग्रेसका पूर्व महामन्त्री बीपी पुत्र, नेता डा.शशांक कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
कांग्रेस महासमितिको बैठक समापन भएको भोलिपल्ट शनिबार कोइरालाले बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरूका लागि काठमाडौँमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् । लैनचौरस्थित लैनचौर व्याङ्क्युटमा शनिवार विहान चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
उनले आफ्नो फेस बुकबाट चियापानमा सहभागी बन्न महासमितिका सदस्यहरूलाई अपिल गरेका थिए l
डा. कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन् :‘नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउनुभएका महासमिति सदस्यहरूतथा सम्पूर्ण साथीहरूको सम्मानमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित लागि हार्दिक अनुरोध गर्दछु।’
उक्त चियापानमा कांग्रेसका सभापति देउवालगायत कांग्रेसका उच्च तहका नेताहरू र मन्त्रीहरूको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसले चियापानलाई मेलमिलापको संस्कृतिको रूपमा अवलम्बन गर्दै आएको छ l
चियापान समारोहमा कोइरालाले भनेका छन् : हामी एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’
चियापानको लागि देउवाले डाक्टर शशांक कोइरालालाई धन्यवाद दिएका थिए l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...