प्रसूति गृहबाट बच्चा चोर्ने महिला पक्राउ
काठमाडौँ, फाल्गुन १२
शुक्रबार दिउँसो थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएको शिशुसहित काठमाडौँको काँडाघारीबाट एक महिलापक्राउ परेकी छन् l पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंह भएको र उनको बिहे भएको ३ वर्षसम्म पनि बच्चा नभएको पाइएको छ l
मनकुमारी स्थानीय २८ वर्षीय नरेन्द्र मल्लकी पत्नी हुन्। मल्ल काठमाडौँमै नेपाली सेनामा कार्यरत छन् । काठमाडौँ काँडाघारी बस्ने सिंहको घर दैलेख जिल्लाको नौमुले गाउँपालिका–१, अवलतोली हो ।
बच्चा चोरी काण्डमा प्रहरी मनकुमारीका श्रीमान् र दिदी शारदा शाहीलाई नियन्त्रणमा लिएको छ । मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिने छोरी चोरेकी हुन् ।
आज पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी दिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...