आमाको मृत्युको एक वर्षपछि डा.चन्द्रकान्त भण्डारी काज क्रियामा
नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले आमाको निधन भएको एक वर्षपछि किरिया कर्ममा जुटेका छन् । पशुपतिस्थित कृयापुत्री कोठा नम्बर ११३ मा आमाको क्रिया बसेका हुन् । भण्डारीकी आमा ( हरिकला ) को २०७९ फागुन ३ गते काठमाण्डौंस्थित निवासमा ग्यास सिलिण्डर जलेर विष्फोटमा परी ८६ वर्षमा मृत्यु भएको थियो l भण्डारी सो घटनामा परी गम्भीर घाइते भएका थिए ।
'नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारी तत्कालीन घटनामा गम्भीर घाइते हुँदाउनकी माताको अकल्पनीय र दुखद् निधन भएको थियो । उक्त समयमा स्वास्थको कारणले आमाको क्रियामा बस्नसक्ने अवस्था थिएन,' त्यसैले उनी आमाको क्रियामा बसेका छन् l अहिले भण्डारी आमाको क्रियामा पशुपति कृयापुत्री भवन, रुम नम्बर ११३ मा छन् l
खेलराज पाण्डेको फेस बुक नै फोटो र समाचारको स्रोत भएको जानकारी गराउँदछौं l akabarey.com
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।